Skip to content

फूल जस्तो जिन्दगानी

  • by


फूल जस्तो जिन्दगानी झर्छ ढुङ्गा हानी
धुलो जस्तो फुङ्ग उड्छ झर्को मानी मानी।

गहभरि आँशु जम्छ बग्छ नदी सारा
निकै ग्राहो रेछ बुझ्न जिन्दगीको पारा।

घमण्डको शिरमाथि टोपी बनी बस्छ
पलभरको रिसले नै अनि तल खस्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *