Skip to content

अलिकति, सलाम, डर छ (तीन मुक्तक)

  • by


क्षितिज र सन्नटामा मन लुक्छ अलिकति
रेगीस्थानको बालुवामा मन सुक्छ अलिकति
नचाहेर नि अरूको देशमा पसेपछि मित्र!
स्वभिमानको कुना कुना मन दुख्छ अलिकति ।

——————————–

सिर्जनामा रमाउने हर हातलाई सलाम
माटोभित्र खुशी रोप्ने हर साथलाई सलाम
शान्ति र सम्बृद्धिले भरियोस् यो देश नेपाल
नेपाली भै गर्व गर्ने हर बातलाई सलाम।

——————————–

दु:शासनभन्दा युधिष्ठिरकै डर छ
डिस्को मसाजमा कृष्णकै कर छ
समय यति साह्रो बिग्रिएछ साथी!
आफूभन्दा मान्छेलाई अरूकै भर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *