मुर्दाघरमा
यन्त्रवत मूर्तिजस्ता मुखाकिर्तिका मान्छेका उब्रेपाब्रिएका
अनुहारहरू आउछन जान्छन
मानौ तिनलाई उज्यालो अध्यारोको कुनै हेक्का छैन
आत्मसन्तुस्ठीको ब्यग्रतामा डुबेर गगनभरी ठाउ ठाउमा झोल्लिएको
बादलको टुक्रा हेरी मुख मिठ्याउदै कङ्काल मान्छेहरू
आफुले गरेको पाप पुण्य निफन्दै ओहोर दोहोर गरिरहन्छन
मानौ तिनलाई को आफ्नो को बिरानो सित कुनै तारतम्य छैन
जिउदो छऊन्जेल रूने कराउने अर्धमूर्छित मुर्छनाको नानी
लै लै, ची मूसी ची, ए नी लै,
यो जीवन त कहाँ पाईन्छ र !
मेरो उ, मेरी उ, मेरो बा, मेरी आमा, मेरो खेत,
मेरो घर भनेर नथाक्ने
अस्थिपन्जर बहुलट्टि मनहरू
यतिबेला सेतो बस्त्र ओढी सुतिरहन्छन छोडेर तेरो र मेरो
मानौ तिनिहरूलाई अब दिन र रातको कुनै चिन्ता छैन
अनेपेक्षित पैसादङ्सको आवस्यक्तारूपी सागुरिदै गएको
दृश्य हेरेर कुनै पनि शर्तमा यो गर्नु हुदैन, यो त अति भो भन्ने ठान्नुभन्दा
आफ्नो इच्छा आकान्क्षाको दासत्वमा निर्त्यमग्न हुन आतुर
मान्छेका सब्ल्याटा बिब्यालाटा सपनाहरू
एकादेशको दन्त्यकथा झै अलप हुन्छन्, झुल्कन्छन
मानौ तिनलाई के ठिक के बेठिक भन्ने कुनै तदरूक्ता छैन
जिद्दिमा, सम्पतिमा, शक्तिमा, अहममा, बैशमा जे गरे नै पचेर छोड्छ, अथवा पच्छ
देश, समाज केही चाहिन्न आफ्नो भए पुग्छ भन्ने अरिमठ्ठे बिचारहरू
आप्फुले दुनियाँलाई छोड्नु अघि सम्म आफ्ना बेसुरा प्रलापहरू
सुन्छन, याद बनाएर आँखाको डिलमा ल्याउछन
मानौ तिनलाई निती, नियमको कुनै पावन्दी छैन
अत: यतिखेर जीवन सिध्धिएपछि मात्र चुप छ मान्छेको मन
जन्मेदेखि इहलिलासम्मका सारा ब्रितान्तको अब मात्र समापन छ
रैपनी मान्छेका कङ्कालहरू, अस्थिपन्जरहरू, शुसेलिरहेछन
जमिनमूनिबाट आफ्ना पुरा नभएका इच्छाहरू
मूर्दाहरू, अवशेसहरू बोकिरहेछन
आफ्ना पाप, पुन्यका थुप्रै थैलाहरू
मानौ तिनलाई पुरै रितो या भरिएको कुनै पत्तो छैन
मुर्दाघरमा ।
अस्तु:
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल: अबुधाबी, यू ए इ ।
