रबिलाल गाउको एउटा अर्धबैसे मान्छे थियो । उ अरुसित सरोकार राख्दैनथ्यो । बेकारमा के हिम चिम बढाउनु, अरूको के नै खाइएको छ र ! ऊ यस्तै सोच्थ्यो । फल त उस्ले आफ्ना स्वास्नी र छोरा छोरीहरूलाई इस्ट मित्र, छिमेकीहरूसित त्यति बोल्न दिदैनथ्यो। यतिसम्म कि बोलेको चाल पाएमा किन गएको भन्दै केरकार गर्ने गर्दथ्यो।
गाउमा अर्को एउटा उस्को साथी पनि थियो दिलप्रसाद । दिलप्रसाद उस्को स्कूलदेखिकै साथी हो। दिलप्रसाद पहाडबाट बसाइ सरेर अहिले रबिलालकै छिमेकीको रूपमा बस्न थालेको छ। तर पनि रबिलालले दिलप्रसादको खासै वास्ता गरेको छैन। उस्को मान्यता छ, उ नयाँ हो उस्ले मलाई मान्नु पर्छ। साथी भो त के भो । तर उस्को ब्यबहारबाट अवाक दिलप्रसाद के कस्तो छ भन्दै रबिलालको हाल खबर सोध्छ । रबिलाल ठिकै छा मात्र भन्छ । अरू केही बोल्दैन।
एकदीन पानीको निहुमा गाउको मुखियाका मान्छेहरूबाट भन्नु नभन्नु दुर्बाच्य र धम्की समेत सुन्नु पर्यो। अद्य्पी रबिलालको गल्ती केही थिएन। पानी त उस्कै खेत भएर जान्थ्यो। तर पनि मारिस भन्दै रबिलाल फतुर लगाइएको थियो। अब रबिलाललाई रातभर निन्द्रा लागेन । उस्को श्रीमती कान्ताले भनिन्- हजुरले गाउमा घुलमिल नगरेर, घरमै मात्र बसेर, अरुसित नबोलेर यस्तो बिपती आइलागेको हो । अरुसित हात बढाउदैमा, दुख, शुख बाड्दैमा सानु होइन्न नि ! उसले बिस्तारै भन्यो- हेर कान्ता अब म आफैलाई बदल्छु।
त्यस्को भोलिपल्ट रबिलाल बिहानै दिलप्रसादकोमा गयो । आफ्नो बिद्द्यार्थी जीवनको सहपाठि आएको देखेर दिलप्रसाद औधी खुशी भयो। रबिलालले लज्जित भै भन्यो -मेरो साथी मलाई माफ गरिदे। मबाट जना अन्जानमा निकै ठुलो गल्ती हुन पुगेछ। हैन हैन अली खुलस्त भन्न रबि! दिलप्रसादले भन्यो। कुरो के भने मेरो कसैसित नमिल्ने स्वाभब भएको कारणले अथवा यसो भनौ म एक्लोदेखि हेपेर दिनहु जसो मुखियाका मान्छेले मलाई सताउदैछन, केही न केही निहु झिकेर तिनीहरू आउछन्। त्यो पनि सल्लाह गर्नु पर्यो भनी आएको हु। यो सुनेर दिलप्रसादले ढाडस दिदै भन्यो- म छु नि रबि ! किन चिन्ता गर्छस्। तेरो समस्या अब मेरो समस्या भयो ।
फेरी एकपल्ट पानीको निहुझिकी रबिलाई घेरे। दिलप्रसादले भन्यो- कुन कानुनमा लेखिएको छ जस्को बारिबाट पानी लगिन्छ उसैलाई बलजफ्ती गर्नु हुन्छ भन्ने कुरा । यदि पानी नै बन्ध गर्छु भनेको भए पनि तपाइहरूले सम्झाउनुको सट्टामा उल्टो धम्की दिने । म पनि हेर्छु तपाईंहरूले के लछार्नुहुन्छ, यो त अती भयो। यो सुनेर एउटाले भन्यो – ए भयो, भयो, केही होइन। हामी त यसो पनि झोड्न पो आएका थियौ। रबिलाल र दिलप्रसाद पनि आ-आफना घरतिर लागे। तोएए दिनदेखि रबिलाल र दीलप्रसद जहाँ जादा पनि सगै हिंड्न थाले। अस्तु:
कथाकार :बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम :भानु भक्त दुलाल दमक, झापा
हाल:यू ए इ।
