Skip to content

क्रमभङ्ग (लघुनाटक)

  • by


(मन्चमा बिचार १, बिचार २, बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ, उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन, कोही प्रश्न गर्न थाल्छन )
बिचार १ – नहुने काम भयो !
बिचार २ – कस्तो काम ? कस्तो नहुने काम ?
बिचार १ – नसोचेको काम, हित बिपरीतको काम, लापर्बाहीको, सत्य लिलामीको काम !
बिचार ३ – पहिले सबैले यसो भन्छन तर पछि……!
बिचार ४ – यसले हामीलाई तान्न खोजेको हो तर पछि के ?
बिचार ३ – उही सोझालाई सिध्याउने काम, जनतालाई झुक्याउने काम, नेताले गर्ने जस्तो काम !
बिचार ५ – यो नेता जस्तो छ नि !
बिचार ६ – यो नेता होइन ब्यापारी हो । हेर त गाला, ओहो सुट कस्तो महगो ह !
बिचार ७ – हामी नेता होइनौ, नेताको साथी पनि होइनौ ।
बिचार ५ – यो पहिलेको चाही नेता हो । तर पछिल्लो चाही हैन जस्तो छ ।
बिचार ३ – साथी हो नझुक्क ! त्यो नहुने काम भयो भन्ने चाही शत प्रतिशत नेता हो, म ठोकुवा दिन्छु ।
बिचार ८ – हा हा हा ब्यापारी पनि नेता हुन्छ !
बिचार १ – हुन्छ, यहा जे पनि हुन्छ । डा नेता हुन्छ, कर्मचारी नेता हुन्छ, बिद्यार्थी नेता हुन्छ, मजदुर नेता हुन्छ, प्रदेश नेता हुन्छ, हैन के नै बाकी छ र नेता बन्नलाई ?
बिचार ९ – फेरी अर्को झूट, यो मान्छे अघिदेखि धेरै बोल्दैछ !
बिचार १ – मलाइ त्यसो नभन्नोस म तपाईहरूको सेवक हु । म अरूको दुख देखिसहन्न । मलाई दंगा फसाद नसम्झनुस ।
बिचार १० – साथी हो इतिहास पताओं ! कत्तिले हामीलाई कतिपल्ट धोका दिए ।
बिचार ११ – के इतिहासले हामीलाई धोका दियो त ?
बिचार १० – त्यसो होइन यार । यिनीहरूले नै इतिहासलाई धोका दिए ।
बिचार १२ – त्यो कसरी नि ?
बिचार १० – यिनीहरूले हामीलाई नपुग्ने सपना बाडे । यिनीहरू आफूभने कुर्शीमा अल्झे ।
बिचार १३ – महा गलत, सत्य कुरा भन ।
बिचार ९ – ल सुन्नुहोस म भन्छु यिनको कर्तुत । यिनले सपना बाडे, श्रम बाडेनन्, । राजनिती बाडे स्कूल कलेजमा । बर्तमान पुस्तालाई सुहाउँदो शिक्षा बाडेनन्।
बिचार १५ – तपाईसित के प्रमाण छ ?
बिचार ९ – मैले भनि हाले नि, गफ बाडे, यिनीहरूले कमाएको अकुत सम्पती बाडेनन्
बिचार १६ – त्यसै हिलो छ्याप्न पाइन्न !
बिचार १७ – यो मिली भगत जस्तो छ, यी दुवै सरकार भित्रका हुन् की सरकार बाहिरका ?
बिचार ७, बिचार १४ – (एकसाथ कड्कदै )हाम्रो मुखबाट ओकल्न बाध्य नपारियोस! हामीले हाम्रो सिमा मिच्दा, देशको नागरिकता हराउदा बोल्ने चेस्टा गरेका थिएनौ र !
बिचार १ – गम्भीर हुनुहोस ! म यहाहरुको सेवामा हाजीर छु ।
बिचार १६, बिचार १५ – आरोप समाधान होइन, हामीलाई हराएर त देखाओ । हामी भुइमा छैनौ । हेक्का रहोस ।
बिचार १७ – हामीलाई संबिधान चाहियो
बिचार ३ – हामीलाई शान्ति चाहियो
बिचार ४ – हामीलाई बिजुली बत्ती चाहियो
बिचार १२ – हामीलाई प्रतिबद्धता चाहियो
बिचार ६ – हामीलाई नेपाली हौ भनेर गर्ब गर्ने ठाउ चाहियो
बिचार ८ – साथी हो ! हामीलाई चाहिने चिजको लिस्ट अहिले नै बनाओ
बिचार ९ – अ साँच्ची हामीलाई हस्पिटल चाहियो
बिचार १८ – हस्पिटल मात्र होइन । हामीलाई डाक्टर पनि चाहियो
बिचार १० – हामीलाई हाम्रा छोराछोरीलाई पढ्ने समान शिक्षाको अवसर चाहियो
बिचार १ – पुरा हुन्छ मौका दिनुहोस मात्र ।
बिचार १५ – बिचार १६ -हामी अहिल्यै यहाहरुको नाममा घोषणा गर्न लगाउछौ, ढुक्क हुनुहोस यही तपाईहरूको अन्तिम सहयोगी हो, गरे हाम्रैले गर्छ ।
बिचार ७, बिचार १४ – एक पल्ट हामीलाई माथी पुरयानुहोस् । हामी नै सबै बाकी काम गर्छौ । हामी पुरा गर्छौ तपाईहरूको लक्ष्य !
बिचार ५ – केही सुनिएन !
बिचार १२ – केही सुनिएन !
बिचार ३ – केही सुनिएन !
बिचार १० – केही सुनिएन !
बिचार १९ – साथी हो ढिलो भयो जाउ
बिचार २० – हो, जाओ, जाओ, ढिलो भयो ।

(पर्दा खस्छ, सबै अध्यारोमा विलीन हुन्छन )
अस्तु :

अबुधाबी, यू ए ई ।
रचनाकाल :२८ – ०५ – २०१० ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *