Skip to content


चैते हुरी जस्तो बर्षमा एक पल्ट आउँछ दशैँ
नेपाली नेपाली बिच नौलो सदभाव ल्याउँछ दशैँ।

अग्रजको हातबाट अक्षेता आशीर्बाद थापेर
ठुला साना सबैमा उस्साह उमंग छाउँछ दशैँ।

राँगा भैंसी खसी बोका अझ कति अबोध पंक्षी
हत्या गर्दै बधशालाको डर सजाउँछ दशैँ।

जनयुद्ध सङ्कटकाल मधेसमा धेरै मरे
तिनका आफन्तको आँशु बनी सल्बलाउँछ दशैँ।

हासो र पीडाको भरिया बोकेर प्रत्येक बर्ष
असोज महिना घर घरमा चल्मलाउँछ दशैँ।

जसै खाडीमा पसियो आफू बिरानो भइयो
यो बिबेकको हरेक पलमा सुस्ताउँछ दशैँ।

वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *