मुटु माग्यौ बस्नलाई दिएँ जाना-जानी
धुजा धुजा भयो मुटु सिएँ जाना-जानी ।
मेरो चोखो मायालाई स्वार्थि नाम दियौ
दुखे अनि एकान्तमा खिएँ जाना-जानी ।
लैजा भन्यौ आज किन चिनो त्यो रुमाल
फिर्ता दियौ बोलाएर लिएँ जाना-जानी ।
आफ्नै मुटु आफैसँग नभए झै आज
बाँचे पनि मरे सरी थिएँ जाना-जानी ।
काखी राखी पियारले कुदाएर हात
अमृत भनी बिष दियौ पिएँ जाना-जानी।
तिर्थ”यात्री”पौडेल
