Skip to content


आमा
खै कसरी भनौँ
कसरी सुनाउँ
म आफै रनभुल्लमा छु
म जिउँदो छु कि छैन
थोरै आशको त्यान्द्रोभित्र
म आफू जीवित हुनुको परिभाषा खोज्दैछु
सन्तापको भुंग्रोमा
आमा?
आमा तपाईँले त त्यो भुंग्रोमा पानी हाल्नु पर्ने हैन र ?
अँझ घ्यु पो थपिदिनुभयो,
म बन्धकीमा थिए
रेगीस्थानका गल्लीहरूमा
आफूले आफैलाई उकास्न नसकी भौतारिदै थिए
गुहार्दै थिए बिदेशी सहु महाजन,
ठिक त्यसै बेला तपाईँले म संग
प्रशवबेदनाको मूल्य खोज्नु भयो
दशधारा दुधको मूल्य तोक्नु भयो
रहरले जन्माउनु भयो,
तर ,
तर आज पारिश्रमिक रोज्नु भयो
ठिक छ
उकासे आफैले आफैलाई भने
अर्पनछु श-शारीर ,
यदी थपियो माटो बिदेशी भूमिमा भने
सम्झनु आमा
मेरै नाममा आत्मदाह गर्यो भनेर,
आमा ती कलिला पल्ल्बिहरू
तपाईकै नजरको बागमा छन्
हात पाउ चलुन्जेल गोडमेल गर्नु है
म त खै,
यो मनको आगो निभाउन सक्छु जस्तो लाग्दैन
पानी हाल्ने कोही छैन
सबै घ्यु थप्ने मात्रै छन आफन्तहरू
आमा,
आमा बगैंचामा लोभी भमराहरू
छ्याप छ्याप्ती घुम्दैछ रे
परासेचनको औसर कुरेर
तपाई मेरो खुशी देख्न चाहनु हुन्छ
वा चाहनु हुन्न म यसै भन्न सक्दिन
तर मैले तपाईँलाई हसाउँन सकिन
यसमा पश्याताप छ,
आमा मैले बिन्ती बिसाए है
माफ गर्नु यो कुलंगारलाई ।

तिर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *