Skip to content

तिमी रुँदा यता मेरो मुटु जल्छ


तिमी रुँदा यता मेरो मुटु जल्छ कान्छी
अनायासै आँखाबाट आँशु फल्छ कान्छी ।

किन रुन्छौ सुक्क सुक्क मोती खसालेर
सधैँभरि रोई बसे मुटु गल्छ कान्छी ।

रुँदा रुँदै सकियो भने नयनको पानी
सन्तापले जिउ सुकी आत्मा बल्छ कान्छी।

सधैभरी निर्दो भई सहिदिँदा यहाँ
आफुखुशी कानुन् बनाई हाम्लाई दल्छ कान्छी।

तिर्थ”यात्री”पौडेल

1 thought on “तिमी रुँदा यता मेरो मुटु जल्छ”

  1. सोझी तरूनीको तन्देरी
    ___

    सोझी तरूनीको तन्देरी
    ___ (¯`v´¯) нΐ ‪#‎Ғяίεиδ‬

Leave a Reply

Your email address will not be published. Required fields are marked *