Skip to content


किन मानव दुर्जन भइ यहाँ कुरा अनेकौ गरी
हिड्छौ साँझ, बिहान नगरमा साँढे सरी झै चरी
मान्छे हो हुन त स्वभाव ननिको लिएर आयो यहाँ
भाइ भाइ बीच छ पानी बारबार शान्ति छ खोई कहाँ ।

हुन्न रे अब त मिलन कोहीको बेमेलको मौसम
हिँड्दा छन् जगमा रिस, राग, घमण्ड लिएर सारा जन
ज्ञान छैन जनको घमण्ड उसको आकास छुने गरी
मन छैन बस्न यो धर्ती तलमा बैकुण्ड आउछु हरि ।

बाबु छोरा र जोइ पोइ बिचमा विस्वास चिरा भयो
हान हान भयो एउटा घरमा आदर कता गयो
मानवता जनमा मरेछ अवता भेटिन्न जिउदो कबै
मुर्दा शान्ति छ रे यो बुद्ध भूमिमा रामण सरीका सबै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *