उनकै झल्को झल्झली आइरहन्छ
कुटु कुटु कजेजी खाइरहन्छ
मेरी उनीको
सम्झना आइरहन्छ हिँड्दा रुनेको ।
आँशु खसाई परेली भिजाइन
आफु रोई मलाई नि रुवाइन
मेरी उनीको
सम्झना आइरहन्छ हिँड्दा रुनेको ।
एल्बम झिकी फोटोमा हेर्छिन रे
छिनमा हास्दै छिन छिनमा रुन्छिन् रे
मेरी उनीको
सम्झना आइरहन्छ हिँड्दा रुनेको ।
गैरी खेतको आलीमा बसेर
टोलाउँछिन रे पारी गाँउ हेरेर
मेरी उनीको
सम्झना आइरहन्छ हिँड्दा रुनेको ।
भात पकाई पस्केर बिस्तारी
कोठा चोटा हेर्छिन रे सुस्तरी
मेरी उनीको
सम्झना आइरहन्छ हिँड्दा रुनेको ।
तिर्थ”यात्री”पौडेल
