म आभास हुँ तिमी जिउदो हुनुको
म सिन्दुर हु तिम्रो सिउँदो हुनुको
म उन्मात तिमीलाई पलपल जगाई रहने
म उमंग हुँ तिमीमा हलचल मचाई रहने ।
म तिम्रो मुटुमा छु धड्कन छामेर हेर
हो की होइन एकबार फोटो दाँजेर हेर
तिम्रो आँखाको बार्दलीमा मलाइ बस्न देउ
स्वीकार छैन भने परेली हुदै खस्न देउ ।
धून बनेर तिमीलाई पलपल नचाई दिन्छु
मुस्कान भनेर तिमीलाई म हसाई दिन्छु
तिमी जून है मेरी नयनाकाशकी
तिमी फूल है यो दिलको बाग्की ।
