धेरै दुख्यो जिन्दगी यो डसाइमा आफन्तको
मुटु भित्र घाउ लाग्यो घसाइमा आफन्तको ।
दिँदा मात्रै आफ्नो हुने आफ्नै मान्छेहरू पनि
लेन देन मोल मोलाउ कसाइमा आफन्तको ।
मनोमानी गर्न पाए रत्यौली नै खेल्दा रहेछन
लाज पचाई बाँचेको छु नचाइमा आफन्तको ।
एक हातमा फुल देखाई छुरी लुकाई आउनेहरू
जमात देखे हाँसी खुशी बसाइमा आफन्तको ।
सगरमाथा चुम्ने इच्छा मृग तृष्णा भयो मेरो
केचना कै ब्यांग भए खसाइमा आफन्तको ।
तिर्थ”यात्री”पौडेल छ