नयाँ बर्ष यसपाली चाहिँ खुशी लिई आऊ
अलिकति हैन यस साल झुसी लिई आऊ ।
रमाउने छन् दुनियाँले मन लागी हेर
आउँदा खेरी उमंगको रंग मुसी लिई आऊ ।
मानवता उदय होस मानव मनभित्र
हर मानवका नशा नशा घुसी लिई आऊ ।
दानवता नाश होस मानव मनको सैतान
छानी छानी असल असल चुसी लिई आऊ ।
तिर्थ “यात्री” पौडेल
अंगेजी बर्ष २०१२मा समस्त मानवीय मनहरूमा हार्दिक मंगलमय शुभकामना !
