Skip to content


सपनालाई तामेलीमा राखेर
रहरहरू फुलाउन चाहन्थे
जिजीविषा थियो ऐशले बाँच्ने
मृगतृष्णा थियो सुन्दर जीवन जिउने
तर आज मैले रहरहरूको दाग बत्ती दिए
सपनाहरूले आत्मा हत्या गरे पछि,
जिजीविषाको गला रेटेर
आज म हत्यारो भएको छु
धलौटी मानेन तारेख दिएन
पुर्पक्षको लागि जेल चलान पछि
यो मनको हबेलीमा आज म
अन्तिम फैसला कुरेर बसेको छु
म स्वघोषित बन्दी,
आफ्नै लगानीमा
रेगीस्थानका अटालिहरूमा
केबल ब्याज उठाउदै छु
मार्दैछु अन्तर्मनका चाहाना
प्रियासिका रहरहरू
जो न्यानो अंगालोको
प्रतिरक्षा खोज्दै
सदियौदेखि आउछन उषासँग
जान्छन सन्ध्यासँगै झिनो आशा देखाएर
अनि रातभरि पौडी खेल्छन रहरहरू
रारा फेवामा र झिसमिसमै ओरालो लाग्छन
परेलीको बाटो हुदै यो मनको बलेसीमा
शीत झै बिलाउछन क्षण भरमै उनका इच्छाहरू
रहहरू न्यानो काख बोलाउछन
तोते बोलीमा,
हेर्छन आँखाका संसार भरी
अनि लोलाउछ्न रातमा लज्जावती जस्तै
हो म यी रहरहरूको हत्यारा
स्वाघोषित बन्दी भएको छु रेगीस्थानमा
एउता कफन किन्ने खर्चको जोहोमा
टिलो झर्ने खुद्रा बटुल्दैछु
बुर्की मन्छाउने अन्नको पिरलोले
काट्टो खुवाउने पर्ने बाध्यतालाई पुरा गर्न
आस्थाहरूको तर्पण दिएर नयनजलले
बार्षिकी गर्दैछु बन्दी गृहमा
अचेल स्वाघोषित बन्दी भएको छु
आफ्नै लगानीमा,
म्याद हदको पर्खाइमा छु म
रेगीस्थानमा ।
आस्थाको तर्पण दिएर नयन जलले
बार्षिकी गर्दै छु आजकल ।

तिर्थ”यात्री”पौडेल
हाल:बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *