१
चोखो माया चिनिनौ, मेरो कुरा सुनिनौ
किन यसो सान्नानी, केही पनि भनिनौ
दुखायौ
दोबाटामै पाउ रुकायौ ।
२
मेरो बोली तिमीले, मह जस्तै गुलियो
भन्थौ तिमी आफैले, आज कता भुलियो
बोलिनौ
मनको कुरा किन खोलिनौ ।
३
आऊ सँगै बसेर, बोलिदेऊ हाँसेर
माया दिन्छु अरुले, भन्दा धेरै नापेर
देख्यौली
अनि माया आफै जोख्यौली ।
४
कति बिधि रिसा’की, पानी पर्न आँटे झै
मेरो कुरा तिमीले, सोच्यौ क्यारे ढांटे झै
नमान
नयनका तीर नहान ।
तिर्थ “यात्री” पौडेल

hi
nice