आमा भन्छिन फर्किएर माटो सम्झी आइज बाबु
दुख गरी जोत खान गर्या पाटो सम्झी आइज बाबु
तेरो झल्को आइरहन्छ सपनी नि ननिको छ
दुखिरहने यो मुटुको खाटो सम्झी आइज बाबु
आफ्नै झुप्रो प्यारो हुन्छ पराई महल भन्दा
तेरो मुख हेरौ लाग्यो बाटो सम्झी आइज बाबु
गाइ चराउदा तीनतले र सेती ढुंगातिर जाँदा
खोजी खाएको भोर्ला टाटो सम्झी आइज बाबु
हाट बजार मेला भर्न तोक्मे बजार धाउदा सधै
दुनियाँलाई छक्क पार्ने लाटो सम्झी आइज बाबु
तिर्थ”यात्री”पौडेल
