Skip to content

नानी तिमी पढी गुनी असल हुनुपर्छ

  • by


(बाल गजल)

नानी तिमी पढी गुनी असल हुनुपर्छ
सगरमाथा लक्ष्य राखी शिखर छुनुपर्छ

तिमी असल बन बाबु मेरो मिठो कामना छ
असल बनी यी आमाको आसुँ धुनुपर्छ

दीन दुखी असाय र गरिबहरूसँगै बसी
दु:ख सुख बाँडिकन सँगै रुनुपर्छ

असल काम गर्नु सबै बालकहरू मिली
अनि असल कामहरूको माला उन्नुपर्छ

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *