‘सूचना टाँस’ कथासंग्रह – एक विवेचना

  • by


राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे । अहिले त नेपाली समाज आफैँ पागल छ अराजक छ । अनि आफ्नो पागलपन र अराजकताको ढाकछोप र आफ्नो टिठलाग्दो विक्षिप्तता लुकाउन अरुलाई पागलको संज्ञा दिन्छ । यसरी पागलको पगरी पाउनेहरूमा उदयपुरको धर्तीमा एक जना यस्ता अपूर्व मान्छे जन्मिए । उनको दिनचर्या यस्तो थियो’ दिनभर सडकका ढुङ्गा टिपिहिँड्नु चौतारो र प्रतिक्षालयमा कुचो लाउनु नदी कुवा र पँधेरामा जमेको फोहोर प्रत्येक दिन सफा गर्नु बाटा र खोलामा फ्याँकेका काँढा टिपेर जलाउनु गाँउमा भोकाएको वस्तुलाई घाँस काटेर दिनु सडकमा नाकभरि रालसिँगानको लेघ्रो बोकेर नानी देख्दा सिँगान पुछिदिनु आफ्नो घरको कुनै ठेगान नहुनु तर कोही खान नपाएर भोकै बसिरहेको छ कि भनेर चिन्ता गर्नु बूढाबूढी एवं अशक्तहरूको काम सित्तैमा गरिदिनु आफ्नो आङ्घ नाङ्गो राखेर अर्कालाई भएको जाडोको चिन्ता गर्नु आफ्नो पेटको हेक्का नराखी अर्काको पेटको हेक्का राख्नु सडकमा उभिएर सत्य र न्यायको स्वरहरू उराली हिँड्नु एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु जनताले चेतना भेट्ने खालका जनगीत श्लोक र कविता स्वतःस्फुर्त रुपमा भन्नु जनता पिरोल्ने पिराहाहरूलाई फुटेका आँखाले पनि हेर्न नचाहने त्यस्ता महापुरुष हुन- गम्भीरबहादुर थापा । उनी बोरा नै ओड्थे र बोरा नै लगाएर हिँड्थॆ पनि । भोक रोग र शोकमा डुबेको समाज देख्ता आफूले लगाएको वस्त्रको मूल्य नदेखी बस्त्र त्यागे । सबै नेपालीले सजिलै खान नपाउने त्यो पनि आयातित नुन खानु र विदेशीको कृतार्थ हुनुभन्दा अलिनै बस्नु उचित छ भनेर नुन त्यागिदिए । विना श्रम अर्काले दिएको कुनै पनि चिज नखाँने र नलिँने सिद्धान्तमा जीवनपर्यन्त अडिग रहे । कतिपयले भने उनलाई पागलको संज्ञा दियो । हुन त एक समयमा लक्ष्मीप्रसाद भूपि शेरचन गोपालप्रसादजस्ता बुद्धपुरुषहरुलाई यस पापी समाजले पागल भनी सकेको छ । यसै सन्दर्भमा गम्भीरबहादुर थापालाई भन्नु ठूलो कुरा होइन ।

उदयपुरको माटोले जन्माएका गम्भीरबहादुर थापाकै बाटोका अर्का अनुयायी हुन्- लेखबहादुर कार्की । उनको कथन छ -‘म जहाँ पुग्छु त्यही मेरो घर हो । म पढेको मान्छे हैन अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुाजेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा सेनाले जनता मारेको पाउँदा क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु’कतै धम्की पाएँ कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु ।’

उदयपुरको माटोले जन्माएका साहित्यका अर्का साधक हुन्- पुन्य कार्की । उनले धेरै निबन्ध कविता र कथाहरू लेखे । उनका कथाको एक ठाउँमा छ- ‘आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस विश्वविद्यालयमा पढ्न नपाएकोमा कुनै पछुतो छैन । मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन कुरो रोजेँ अत्यन्तै ठीक रोजेँ आमा । हामी दाजुभाइ नै यस मानेमा प्रफुल्ल छौँ गौरवान्वित छौँ । क्रान्तिको महाअभियानमा पस्नु यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहोभाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी ‘क’ नजान्ने हातहरू -हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गणमा त यस्तो लाग्छ’हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरूको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ नयाँ छ । युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जान्छौँ । …क्रान्ति सरल हुँदैन आमा ! यो जटिल हुन्छ बाङ्गोिटङ्गो हुन्छ अनगिन्ती मोड र कुइनेटाबाट अगाडि बढेको हुन्छ ।’ -पुन्य कार्कीको ‘मध्यरातमा’ कथा संग्रह- २०६२ को स्वलाप कथाबाट ।

उदयपुरले माटोले जन्माएका साहित्यका अर्का साधनारत् साधक हुन्- नन्दलाल आचार्य । उनले नाटक एकांकी कविता कथाहरू र केही निबन्धहरू लेखे । उनको एकांकीको एक ठाउँमा छ- ‘मेरो पैसो दर्शन आफ्नै प्रकारको छ । मलाई दरिद्र मानसिकताले जेलिएको र बेरिएको मान्छेको उपमासमेत भिराइएको छ । म त्यो उपमा भिर्न तयार छैनँ । अतः जसले भिराइरहेछ उतै त्यो उपमा फर्केर गइरहेछ । केही वेर गम खाएर जनता पैसाका अभावमा दरिद्र भए । हातमा सीप भएर पनि पाखुरीका सामर्थ्य रहेर पनि जनताले पैसो कमाउने अवस्था भएन । जनताले पाएको अधिकार ‘बाँदरको हातमा नरिवल’ भयो । यस अवस्थामा सामन्ती युग र संस्कारलाई आर्यघाटमा दाहसंस्कार गरी नयाँ युग र संस्कारको थालनी गर्ने लक्ष्य र उद्घोषका साथ जनयुद्ध सुरु भयो । यसको अर्थ बुड्ढनुपर्यो- जनयुद्ध पैसाको अभावमा जन्म्यो र पैसाको प्राप्तिमा टुिङ्गन्छ । भ्रममा नपर्नुहोला । जनताको जनयुद्ध टुिङ्गएको छैन किनकि जनताको हातमा अझै पनि पैसो पर्न सकेको छैन । पैसो पक्कै कमाउने स्थिति आउला आउला जस्तो भा’को छ । आइहालेको चाहिँ छैन ।’ -नन्दलाल आचार्य युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक-एकांकी सङ्ग्रह को ‘दाइजो’ एकांकीबाट ।

त्यस्तै अन्य बालकृष्ण पोखरेल मातृका पोखरेल टीकाराम पौडेल इन्द्र राउत दीपक चिन्तक जोतारे धाइवा स्वस्ती थापा महेश्वर चामिलङ्ग रत्नप्रसाद काफ्ले गिरिलाल परियार तेजनारायण शेर्पा भक्तबहादुर िसंह यादवकुमार कार्की केदारकुमार थापा शंकरबहादुर थापा भागवत राउत जीवराज ढुगााना हरि शरण हेमबहादुर बस्नेत कुबेरध्वज कार्की छविनकुमार मगर मदन तामाङ्ग नारायण कार्की बोधविक्रम घिमिरे शिबहरि राई नारायण काफ्ले बिमल कार्की कुमारिसंह कार्की नन्दप्रसाद पोखरेल राजकुमार खड्का कौशल चेमजोङ्ग वृषबहादुर तामाङ्ग कपिल ठकुरी बिरशबाबु शाही लीलाप्रसाद निरौला नन्दलाल आचार्यजस्ता दर्जनौँ कलमजीवीहरूमा बलियो कलमका साथ देखापरेका स्रष्टा हुन् – राममणि पोखरेल ।

उदयपुरले भोलिका हस्तीहरूलाई आज बामे सारिरहेको पनि छ । उनीहरूको लाइन पनि लामै छ । साहित्यकार राममणि पोखरेल कथामा भन्छन्- जो जहाँ लागे पनि आफ्नै पैतृक सम्पत्तिकै आश गर्नुपर्दो रहेछ । दिमाख खियाएर हातगोडा चलाएर श्रम गर्दै पेट पाल्दै छु । त्यस्तो कुनै उद्योग छैन । गोरु गाई बाख्रा र भैंसीको पुच्छर समात्नुपर्छ । माटोसँगै लड्नुपर्छ भिज्नुपर्छ हरिया पात र बिरुवासँग िसंगौरी खेल्नुपर्छ । डोको र बाचरो बोकी जंगल पस्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय स्तरमा द्वन्द्व कथा लेखन क्षेत्रमा नाम कमाएका खगेन्द्र संग्रौला दिल सहानी डा. ऋषिराज बराल मातृका पोखरेल पुन्य कार्कीहरू अग्रपंक्तिमा छन् भने यिनै कथाकारहरूको लहरमा आफूलाई उभ्याउन खोज्ने राममणि पोखरेल पनि सिद्धहस्त कथाकार रुपमा चिनिएका छन् । समाजमा घटेका अन्याय अत्याचारका कहिरन र दुःख पीडा र बेचैनीका बेलिविस्तार उनका कथामा प्रशस्त भेटिन्छन् । कतै तराईको कतै पहाडको त कतै हिमालको आाचलिकता दर्शिने घटनाक्रम पनि प्रशस्त छन् । अग्रगामी विचारयुक्त कथा लेखन धेरै ठाउँमा एक न एक आदर्श पात्रको जन्म प्रकृतिको वस्तुगत चित्रण निम्न वर्गीय मानिसहरू प्रति विशेष सहानुभूति अन्याय थिचोमिचोको विरोध आाचलिकताको प्रभाव स्वस्थ राजनैतिक प्रतिस्पर्धाको अपेक्षाजस्ता प्रवृत्तिहरू कथाकार पोखरेलमा पाइन्छन् । मैथिली भाषाको संवादले कथा रोचक बनेका छन् तर कतैकतै लामा संवादका कारणले भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । परिष्कृत भाव हुँदाहुँदै पनि विषयवस्तु जताततै छरिएकोले स्पष्ट भाव प्रकटमा कमी भने नपाइने होइन । वर्णविन्यासको उचित रखाइको अभावका कारणले कथाको स्वाद लिँदालिँदै ढुङ्गै लाग्ने अवस्थाको सामना गर्नुपर्छ । अश्लिलता र असभ्यता झल्कने खालका गिजोल्नु घिच्नु जस्ता पट्यार लाग्दा शब्दहरूको पुनरावृतिले केही ठाउँमा खल्लो महसुस हुन्छ । यौन मामला र ठट्यौलो अवस्था दर्शाउन अश्लिलता र असभ्यपन झल्कने शब्दकै सहारा लिनैपर्ने वाध्यता हुन्न । कथाकार पोखरेल पौने एक दर्जन जति कृतिका सर्जक भएको कारणलॆ यस्ता कुराहरूलाई सामान्य भन्न सकिन्न । जे होस उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु गर्वको कुरा हो ।

उनले ‘हरिमानको आत्महत्या’ ‘सोममाया र शान्ति अभियान’ ‘दण्डहीनता’ र ‘सूचना टाँस’ गरेर चारवटा कथासंग्रह प्रकाशन गराएका छन् । ‘सूचना टाँस’ कथासंग्रहमा जम्मा १५ वटा कथा रहेका छन् । ती हुन्’ ‘बुहारी’ ‘सूचना टाँस’ ‘छिमेकी’ ‘मित्रता’ ‘स्वनाम धन्य व्यक्तिका आँखा’ ‘छापामारकी स्वास्नी’ ‘पीडितको पक्षमा कानून’ व्यवहार र विचार’ ‘पश्चात्तापले निहुरिएको शिर’ ‘भगौडाको ताँती’ ‘विस्थापित देशभक्त’ ‘खतिवडा कान्छा र मनि एक्सन’ ‘अर्धचेत गाउँ’ ‘इन्द्रमती’ र ‘द्वन्द्व पीडितको बयान’ ।

छोराले बाटो विराए पनि बुहारीले आदर्श पथ पकि्रएकीले सुखद संदेशका साथ सम्ााप्त भएको कथा हो”बुहारी’ जसमा निम्न स्तरीय जनजीवनका आर्थिक सवालका सन्दर्भ कटु यथार्थहरू बाहिर आएका आएका छन् । । नयाँ पुस्ताले बाटो विराउनाले परिवारको विचल्नी भएको कुरा ‘सूचना टाँस’ कथामा आएको छ । घरबारी बैंकमा धितो राखी र अन्य चल सम्पत्ति पनि बेचबिखन गरी विदेशिएको छोरोले बाबुआमालाई सुख दिनुपर्नेमा घरमा श्रीमती छँदाछदै अर्कैतिर बिहे गरेर घरजम गरी घररिवार नै भुलेको र बैंकले पनि भाका नाघेपछि नियमपूर्वक लिलामीका लागि सूचना टाँस गरेको कुरा ‘सूचना टाँस’ कथाले देखाउँछ । डण्डीकेशर नामधारी दुष्ट मन भएको छिमेकीले दिएका दुःख पीडा र झमेलाका कहिरन समेटिएको कथा हो’ ‘छिमेकी’ । यस कथामा म पात्र एक आदर्श पात्रको रुपमा देखिएका छन् । बालापनका दुई सखी म पात्र र सविताको घनिष्ट मित्रता पछि विहे भएपश्चात् धनसम्पत्तिले पूर्ण हुनपुगेपछि सविताने मित्रवत् व्यवहार प्रदर्शनमा कमी गरेको विषयवस्तु सकेटिएको कथा हो’ ‘मित्रता’ । कान्तिपुर टेलिभिजनकी कार्यक्रम प्रस्तोता पवनकलीले नेतृ आर्जु देउवालाई सभासद भएर मनग्यै धन कमाउनु भयो नि भनेर प्रश्न राख्दा पाइएको तलव भत्ता कार्यकर्तालाई बाड्दाबाड्दै र दैनिक व्यवहार धान्दाधान्दै ठीक्क हुने र सुक्को पनि साचय नहुने भन्ने आशयको उत्तर दिएकी थिइन् । त्यस्तै राजनीतिले पीडा दिएको विषयवस्तु उठान गरिएको कथा हो”स्वनाम धन्य व्यक्तिका आँखा’ । यस कथामा राजनैतिक कार्यकर्ताले मंत्रीलाई सहयोग रकम मागेका र मंत्रीले दिन आनाकानी गर्दा ती राजनैतिक कार्यकर्ता रुष्ट भएका कुरा आएका छन् । यस कथाले प्रतिगमनको समयको अवस्थालाई पनि चित्रण गरेको छ । मुलुकको हितमा लड्दा घाइते भएका कार्यकर्ताहरूले राहत नपाएको र अन्य मंत्रीका आगेपिछेवालाहरूले चाहिँ जसो गर्दा पनि मुलुकको ढुकुटी रित्याउन सकेको चर्चा पनि कथामा छ । आफ्नो पार्टी सरकारमा हुँदा राजनैतिक कार्यकर्ताहरूले राहत खोज्ने प्रवृतिलाई अघि सार्ने काम गरेर नेपाली राजनीतिको कालो पाटो देखाउने काम कथाकार पोखरेलले गरेका छन् ।

‘सूचना टाँस’ कथासंग्रहको अर्को सशक्त कथा ‘छापामारकी स्वास्नी’ मा छापामार प्रकाश उनकी श्रीमती डल्ली र बालक छोरो अनि म पात्र जस्ता पात्रहरू मुख्य रुपमा छन् । प्रत्यक्ष भूमिकामा रहेकी डल्ली र म पात्र नै कथामा महत्वपूर्ण भूमिका खेल्ने पात्र हुन् । प्रकाशले जनयुद्धमा लागेर ज्यान गुमाए पछि डल्लीलाई व्यवहार धान्न मुस्किल पर्छ । पतिको जायजेथा आफ्नो नाममा सार्न लागेकी डल्ली सहयोगको अपेक्षा लिएर म पात्रकहाँ पुगेकी हुन् । मृत्यु कसरी भएको हो र भविष्यका लक्ष्यहरू केके हुन् भन्ने बारे लामै कुरा हुन्छन् । म पात्रले पनि नामसारीको काम फत्ते गर्दिने आश्वासन दिएर कथा समाप्त भएको छ । भात दिएपछि भने ‘भातको कचौरा दलानमा राखेर आमा र मेरो मुख हेर्दै भातमा हात गाडेर मुछ्न थाल्यो र कपाकप हसुर्न थाल्यो’ भन्ने कुराले गरिबी र भोकमरीलाई देखाउँछ । त्यसैगरी ‘चारोले आन्द्रो भरिए पछि डल्लीले आफ्नो बयान मलाई सुनाउन थाली’ भन्ने कुराले पनि खान पाएपछि गफ आउँने सन्दर्भलाई झिक्न खोजे पनि मान्छेको निरीहपनको स्पष्ट झलक आउँछ । यस ‘छापामारकी स्वास्नी’ कथामा सामान्य सारी र सस्ता चप्पल लगाएकी डल्ली र भोको छोरोको चित्रण छ । निधन भइसकेका पतिको जेथा आफ्नो नाममा पार्ने डल्लीको कथन छ । यी सम्पूर्ण कुराहरू भौतिक अभाव र असन्तोषका कुराहरू हुन् । दृष्टि दुःखपूर्ण हुँदा मात्र मान्छे गरिव हुने भएकोले र श्रम गरी जीवन धान्ने सामर्थ्य डल्लीमा रहेको कारण उनी गरिव छैनन् । गरिव भन्नु नै दुःखपूर्ण सोच र दृष्टिभ्रम मात्र हो । भौतिक सम्पदाका मालिकका निम्ति पनि यो प्रकृति उस्तै छ डल्लीका लागि पनि उस्तै हो । डल्लीको पछिल्लो खुजुरा पसल गर्ने योजना र सुखको दृष्टि भने उत्तम दृष्टिकोण हो । मान्छेले गणेश भगवान् भन्दै पुज्दै आएको हात्तीले गाउँमा आतंक फैलाएको र त्यसलाई धपाउन ढ्याङ्ग्रंो ठोक्ने आगाको राँको बाल्ने ठूलो स्वरले कोलाहल मच्चाउनुपर्ने काम गर्नुपरेको कुरा कथामा वर्णित छ । मान्छेको देवताले मान्छेलाई नै दुःख नदिनुपर्नेमा दिएर विरोधाभाषी अवस्था सिर्जना भएको छ । राजनेता तथा प्रहरी प्रशासनले आफ्नो कर्मद्धारा देवतुल्य हुनु पर्ने हो तर विपरीत दिशाातर्फ उन्मुख अवस्था मात्र कथामा आएको छ । यस समाजमा आफूलाई देवतामा परिणत गर्न लायकको पात्र नजन्मिएको कुरा कथामा आएको छ । समाजमा भएका कुरा दुरुस्त उतार्दा यस्तै अवस्था आउँछ भन्ने कुरा पनि यहाँ स्मरणीय छ । हो मान्छेको मन सुधो छ तर काम बाँदरको भन्दा फरक छैन । मान्छे विहीन अवस्था त कथामा छैन । भएका सबै मान्छे असल नियतका पनि छैनन् र सबै खराबै नियतका हुन् भन्न पनि मिल्दैन । शान्तिसम्झौता पछि पहिलेका साथीहरू गाह्रो गरेर बोल्छन् । अझ संविधानसभाको निर्वाचन पछि त बोलचाल नै छैन भनेर डल्लीले दिएको वयान मान्छेको स्वार्थीपन बुझ्न घतलाग्दो र मननीय छ । यसले मान्छे दिनप्रतिदिन स्वार्थी बन्दै गएको मानवीय मूल्य र मान्यतामा कुठाराघात भएको देखाउँछ । एक सन्दर्भमा अर्कै केटोसँग घरजम गरेर जीवन चलाऊँ कि प्रकाशकै अर्धािङ्गनी बनेर जीवन चलाऊँ भन्ने द्धिविधामा अल्झेकी डल्लीलाई म पात्रले भौतिक सुख प्राप्त नभए पनि छापामारकी स्वास्नी भएर जीवन धान्न पाउनु गौरवको विषय हो भनेर सम्झाएका छन् । जे भए पनि जनताको काम गर्दागर्दै मृत्युवरण गर्न पुगेकोले एक दिन न एक दिन तिम्रो योगदानलाई तिम्रो संस्थाले कदर गर्दछ भनी डल्लीलाई जीवनवोध गराउने काम गरेका छन् । त्यस पछिको डल्लीको जीवनको लक्ष्य के हो भन्ने बारे स्वयम्मा प्रष्ट छ । यसरी फराकिलो जीवन जिउनुपर्ने कुरा समेत कथाले देखाउन खोजेको छ । पति प्रकाश जनयुद्धमा जान लाग्दा राष्टरप्रेमभन्दा पतिप्रेम ठूलो भएको ठानी डल्लीले बम र कार्तोस बोक्न जान पर्दैन भनी रोक्ने कोशिस गरेकी थिइन् । प्रकाश चाहिँ पत्नीप्रेमभन्दा राष्टरप्रेम ठूलो ठानी जनयुद्धका छापामार हुन गए । डल्लीका करुण एवं प्रेमपूर्ण कुराहरूका कारणले नै म पात्रले जेथाको नामसारी गर्दिन सहयोग गर्ने वचन दिएका थिए । सासूससुराको प्रेम प्राप्त भएकै कारणले लोग्नेको जायजेथा आफ्नो नाममा नामसारी गर्ने अवसर पाएकी हुँ भन्ने निष्कर्ष डल्लीको छ । यसरी कथाले प्रेमका यी विविध रुपमार्फत् आफ्नो प्रभुत्व जमाएको छ । जनताले उत्पात मच्चाउने हात्तीबाट बच्न प्रहरीप्रशासन गुहार्दा उनीहरू कानमा तेल हालेर सुत्थे र यसरी आफ्नो धर्म विपरीतको काम गर्थे । असल कार्य गर्नु नै धर्म हो । जनहितमा ज्यान अर्पेका प्रकाशले ठूलो धर्म कमाए । पैतृक धनको सही सदुपयोग गरी लालाबाला सम्हालेर र प्रौढ सासूससुरालाई सक्तो सहयोग पुर्याउने हो भने त्यो पनि महान् धर्म हो । समाजका बेथिति विरुद्ध खरो उत्री जीवन धान्ने संकल्प हुने हो भने डल्ली बढी धार्मिक व्यक्ति ठहरिन सक्छिन् । आन्तरिक दुर्घटनामा परेर प्रकाशको भौतिक शरीर सदाको लागि समाप्त भएको र डल्लीको जीवनमा तुषारापात भएको कुरा कथामा वर्णित छ । हाम्रो शरीर पलपल मरिरहेको छ तर हामी मरिरहेका छैनौँ । प्रकाशको आत्मा शरीरबाट मात्र अलग भएको हो । तसर्थ प्रकाशका लागि शोक र सुर्ता गरेर डल्लीले ज्यान सुकाउनु र प्रगतिको बाटो आफै थुन्नु किमार्थ उचित छैन । नयाँ नयाँ सोच र सिर्जना उमारेर प्रकाशले छाडेर गएका अधुरा कामहरू पूरा गर्न चित्त लगाउनु नै मृत शरीरको शान्तिको कामना हो । यस खाले आशय कथामा आएको छ । व्यवस्था र शासन बदलिँदैमा क्रान्ति हुन्न । क्रान्ति हुनलाई मान्छेको मन रुपान्तरण हुनु आवश्यक छ । कालो मन भएका शासकहरूको हातमा देशको डाडूपैयु रहिरहने हो भने जस्तो व्यवस्था आए पनि सकारात्मक परिवर्तन केही हुँदैन । कथामा आपसी सद्भाव र छलफल गुमाई त्रास फैलाएर र मान्छेलाई डरपोक पारेर दशौं वर्ष पुराना भौतिक संरचना तोडी आफ्नो निहित स्वार्थ पूरा गर्न मान्छे उद्यत भएको भनी जनयुद्धप्रति कटाक्ष पनि गरिएको पनि छ । साथै राजनैतिक नारा र जुलुसले मात्र मान्छेमा सांस्कृतिक रुपान्तरण नआउने कुरालाई पनि स्थान दिइएको छ । सांस्कृतिक क्रान्ति र रुपान्तरणका निम्ति पुराना संरचना बाधक छन् भने र ती भत्कँदा नै समाजको मन रुपान्तरण हुन्छ भने भत्कनुपर्छ । दुई पैसाको क्षति बेहोरेर बीस पैसाको लाभ मिल्छ भने दुई पैसाको क्षति बेहोर्न तयार रहनुपर्छ । कथामा म पात्र गरिवीले गर्दा चाहेका काम गर्न सकिनँ भन्ने कथन अघि सार्छन् भने डल्ली पनि पतिको ज्यानको सट्टा आर्थिक सहयोग नपाएको गुनासो गर्छिन् । यी सम्पूर्ण कुराले असहजतापूर्वक बाँचेको जीवन भनी ठम्याएको छ । जग्गा बेची खुजुरे पसल बनाउने डल्लीको योजना भने आफ्नो स्वभाव र विचारमा बाँचेको अवस्था हो । त्यहाँ कुनै पाखण्ड छैन । अझ म पात्रलाई नगुहारी कानुनसम्मत ढंगले आफैँ जायजेथाको नामसारी गर्ने काममा लागेकी हुन्थिन् भने त्यो अझ स्तुत्य कार्य ठहरिन्थ्यो । सामाजको यथार्थतालाई दुरुस्त उतार्न खोज्दा यस्तो अवस्था आउनु स्वभाविक हो । समाज रुपान्तणको कार्यमा प्रकाश जति सकि्रय रहे डल्ली त्यत्ती गहिराइमा पुग्न सकिनन् । पुरुष एक धारमा उभिए भने स्त्री अर्कै धारमा उभिइन् । पछि समयको आँधितुफानसँगै दुबैको भौतिक विछोड भयो भनी कथामा वर्णित छ । स्त्री अर्थात् डल्ली केन्द्रमा बसेर कार्य गर्न खुजुरे पसल चलाउने योजना बनाउँदै छिन् । आफ्नो सामाथ्र्यअनुरुप अघि बढ्दै छिन् । लोडसेिडङ्गको समस्या राजनैतिक समस्या हो हत्या अपहरणको समस्या राजनीतिकको उपज हो बारुद ह्वास्स गन्हाउँने राजनैतिक कार्यकर्ताहरूले गाउँलेहरूलाई सताउँनु राजनैतिक विजय हो पीडित वर्गलाई राहत दिने बजारीया गफ चुटेर सरकारमा टिकिरहनु राजनीतिको कला हो समाज रुपान्तरणका लागि भनेर जनतालाई युद्धमा होम्नु तर फलस्वरुप नेतानेतृहरूको आर्थिक उचाई मात्र रुपान्तरण हुनु राजनीतिको गुण हो भ्रष्ट कर्मचारीतन्त्र देखिनु राजनीतिको अर्को नीति हो भन्ने कुरा कथाभरि यत्रतत्र आएका छन् । यो ‘छापामारकी स्वास्नी’ कथा राजनीतिकै उपज भएकोले यस अर्थमा कथा सशक्त छ ।

समाजमा राजनीतिले उब्जाएका तमाम विकृति नाश गर्ने हो भने राजनीतिको साटो धर्मनीतिको देशमा लागू हुनुपर्छ । राजनीतिले राष्टरकल्याण गर्न नसक्ने कुरा जगजाहेर छ । देशमा व्याप्त हत्यािहंसाको चपेटामा परेका पीडित पक्षले राज्यबाट आर्थिक र मनोवैज्ञानिक कुनै प्रकारको राहत नपाएको र भ्रष्ट कर्मचारीतन्त्रले तराई र देशका अन्य भागमा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको कुरा ‘पीडितको पक्षमा कानून’ कथामा आइको छ । चुनावताका नेतानेतृहरू जनसेवक र चुनावपछि चाहिँ नेतानेतृहरू जनता दबाउने सामन्त भएको तथ्य पनि मार्मिक ढंगले कथामा आएको छ । छोरीहरूले अन्तरजातिय विवाह गरेकाले बाबुहरू पिरलोमा परेको विषयवस्तु उठान गरी लेखिएको कथा हो”व्यवहार र विचार’ । कम्युनिष्ट कार्यकर्ता भएर व्यवहार देखाए पनि शंकर र भुवन नाम गरेका छोरीका बाउहरूमा सांस्कृतिक परिवर्तनको विचार पैदा नभएकोमा राजनैतिक आन्दोलनले सांस्कृतिक रुपान्तरण गर्न सक्तो रहेनछ भन्ने निष्कर्षमा कथाकार पुगेका छन् । कालोधन्दा गर्ने तिब्बतीयन वाङशीचाको परिवार सल्लेरी बजारको मानन्धर होटलमा बस्ीने गरेको प्रसङ्गलाई देखाउने र तिब्बतीयनहरूले मुलुक छाड्नु भुल भएको विचार प्रेषण गर्ने काम ‘पश्चात्तापले निहुरिएको शिर’ कथाले गरेको छ । धर्मको नाममा देश छाड्ने तिब्बतीयनहरूको मनोदशा र भारतमा शरण लिएर बसेका दलाई लामा सम्बन्धी विषयवस्तु समेटिएको ‘भगौडाको ताँती’ कथाले काम गर्नाका अल्छीले तिव्वतीयनहरू भगौडा बनेको र विस्तारवादीको काखमा बसेर दलाई लामाले आफ्नो मुलुक चीनप्रति कृतघ्न दर्शाएको ठहर कथाकार पोखरेलले गरेका छन् । भारतीय अतिक्रमणमा परेर सुस्ता लगायत क्षेत्रका नेपालीहरूको विचल्नी भएको कुरा सर्वविदितै छ । नसरुल खाँ जस्ता देशभक्त नेपालीको बासउट्ठा भएको घटनाक्रमलाई ‘विस्थापित देशभक्त’ कथाले समेट्ने काम गरेको छ । देशभित्रै रहेर पनि देश खोजिरहेका सयौं परिवारको विचल्नी भइरहेको समयमा सरकारी उच्च पदाधिकारीहरू त्यसमा पनि उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन सुजाता कोइराला जस्ता राजनैतिक स्वार्थले जेलिएका व्यक्तिबाट केही भएको छैन भारतले हामीलाई पिरलेको छैन सीमामा कुनै समस्या छैन भन्दै दाशमनोवृत्तिको भाषण दिइरहेका छन् भने एनेकपा माओवादी राष्टिरय स्वाधिनताको मुद्दा लिएर अतिक्रमित भूभागमा पुगी विरोध गरिरहेको छ । प्रतिपक्षमा रहँदा यो उसले गरेको असल कार्य हो । यसरी नै सबै दलहरूले एकमत जाहेर गरेर अतिक्रमणका विपक्षमा मत जाहेर गर्ने हो भने खाँ जस्ता विस्थापित नेपाली भएर रहनुपर्दैनथ्यो भन्ने विचार समेत कथामा प्रकट भएको छ । परिश्रमी खतिवडा कान्छाको कमाइमा बदमास रामकृष्णेको गिद्धेदृष्टिलाई विषयवस्तु बनाएर लेखिएको ‘खतिवडा कान्छा र मनि एक्सन’ कथामा पैसाले मानवता मिचिँदै गएको विकृत मान्छेका विकृत मनोदशालाई उदाङ्ग्ााे पार्ने काम भएको छ । तराईमा रहेका सशस्त्र समूहहरूको लुटपाट संत्रास र अपराधिक मनोदशालाई राम्ररी केलाई सही मार्गमा लागी नेपाल राष्टरका सच्चा नागरिक हुन आह्वान गरिएको कथा हो’ ‘अर्धचेत गाउँ’ । मुखमा राम राम बगलीमा छुरा भनेझैँ मुखले आदर्श फलाक्दै हिँड्ने तर काम भने नकाम गर्ने इन्द्रमती जस्ता आडम्बरी पात्रको जीवनचर्यालाई देखाउने काम गरेर ‘इन्द्रमती’ कथाले विकृति नास हुनुपर्ने विचार अघि सारेको छ । आन्दोलन जनतालाई एकताको सूत्रमा बाध्न र राहत दिलाउन हुनुपर्नेमा नेपालमा भएका र भइरहेका हरेक आन्दोलनले त्यसो गर्न नसकेको कुरालाई मार्मिक प्रसंग सहित ‘द्वन्द्व पीडितको बयान’ कथाले अघि सारेको छ ।

यसरी आजका मान्छेका मनमा लोभ पाप जालझेल षड्यन्त्र स्व्ाार्थ तेरोमेरोको निकृष्ट भाव क्ष्ाद्रता अहङ्कार र इष्र्या कलुषितभाव कामेच्छा मद मात्सर्य दुष्टता पापाचार दुराचार अनाचार जस्ता कुभावना आएर मानवता नै हराएकोमा कथाकार पोखरेल खेद प्रकट गरेका छन् । आजका हामी ढोँगी स्वार्थी संकिर्ण आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिसर्ी लुच्च्चा लफङ्गा स्वार्थी निर्घिणी कामचोर दलाल भष्टराचारी द्रव्यपिपासु भएको दृश्य कथासंग्रहभरि यत्रतत्र देख्न पाइन्छ । ‘छापामारकी स्वास्नी’ कथा भने राजनीतिको उपज भएको हुनाले समाज रुपान्तरणका निम्ति विभिन्न कोणबाट हेरेर सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने हुन्छ । कथा लेखन शैलीको परिष्कारको अपेक्षा गर्दै र उदयपुरे भूमीबाट नेपाली साहित्य फाँट फराकिलो पार्ने काममा सर्जक पोखरेलको योगदानको निरन्तरताकॊ अपेक्षा सहित कलम बिसाउँछु ।

तपेश्वरी-१ गल्फडिया उदयपुर

हाल ः लिट्ल फ्लावर मावि राजविराज-९ सप्तरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *