Skip to content

मान्छे हैन कीरो भयो

  • by


जनतालाई सताउने मान्छे हैन कीरो भयो
मर्ने चाहिँ जनता तर ऊ आफैँ हिरो भयो।

जताततै भयावह आँधीहुरी मात्र देख्छु
यस्तै हुँदै जानाले देशको विकास जिरो भयो।

सन्तान हुर्के नेताकै, मोटा भए नेताहरू नै
जनताको पसिनाचाहिँ फोगटको तिरो भयो ।

चेतावनी भेट्दैमा कुकुरको पूच्छर बाङ्गिएन
धोकैधोका खाएपछि सबको आँखा पीरो भयो ।

विवेकलाई बन्धक राखी ज्यान जोगाउँदा
नेताहरूको चालाले इज्जत पनि चिरो भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *