Skip to content

मोहनी शब्द, मोहनी फोटो, मोहनी नै बोली

  • by


मोहनी शब्द, मोहनी फोटो, मोहनी नै बोली
पैसाका निम्ति फटाफट छोडिछ्यौ त्यत्रा गोली ।

विदेशी मनलाई मेरो मनले चिन्नै सकेन
कपट मन नबुझिकन दिएँ दिल खोली ।

धन,मन,समय चढाएँ मात्र तिमीलाई
केके पायौ भन तिमीले मेरो मन पोली।

पैसा कमाउने माध्यम पैसालाई रोजिछ्यौ
विश्वासका शब्द नमाने भन्ठानेँ धेरै रोली ।

सबथोक अर्पण गरेँ अब केही रहेन
मेरो जीवन जलाएर लौ खेल तिमी होली।

तपेश्वरीः १ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *