कसैलाई भने यहाँ खाने गाँस छैन
तिनैलाई फेरि यहाँ बस्ने वास छैन ।
हुन् श्रमिक तिनै धर्ती सजाउने
यै धर्तीमा के तिनले फेर्ने सास छैन।
श्रम गर्ने मर्छ त्यसै धन हुने बाँच्छ
त्यसैले त पसिनाको मूल्य खास छैन।
पसिनाको मोल खाई बाँच्नेलाई
धन कता लुकाउने त्यो त्रास छैन।
कामभित्र माम खोज्ने चोखो बानीले
जीवन भने तिनको जिउँदो लास छैन।
तपेश्वरीः १ उदयपुर
