Skip to content

जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज

  • by


हामीले समाजलाई नचायौँ तर आफू आनन्दसाथ नाच्न सकेनौँ । किनभने धनपदको लोभमा हामीले खुशी बेचेर दुःख मात्र किन्यौँ । दुःखले भरिएको संसार बनायौँ र त्यसैमा रोइरहेछौँ रुवाइरहेछौँ । आनन्द बरसाउने गरी पलपल बाँचेर हेर्न खोज्नुपर्छ । आँखा खोलेर हेर्न सके कोही पराई भेटिन्न यहाँ । बेचैनीको भारी बिसाइ हेरे मुक्त छौ हामी यहाँ । हृदय खोलेर हेरे प्रेम बस्रन्छ जताततै यहाँ । धनको पदको लोभमा धेरै घुम्यौँ बाहिर हामी अब भित्र फर्कौं र आफू को हुँ भन्ने चिनेर मनभित्र दियो बालौँ । हामी बेहोसीमै बोल्दा रहेछौ आँखा छोपेर हिँड्दा रहेछौँ र कामकुरो बिगार्दा रहेछौँ । यो दुई दिनको जिन्दगीमा हामी जालोमा पस्दा रहेछौँ । हाम्रो आँखा कहिल्यै खुलेन । अतः यो जीवन व्यर्थ फालेका छौँ । साँच्चै हाम्रो होस खुलेको भए यो हत्या र िहंसा किन हामीमा प्रेमको ढोका उघ्रेको भए यत्तिविघ्न घृणा र सन्ताप किन बुझौँ आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन । धनसम्पत्ति पद जति जोड्दा पनि तृष्णा कहिल्यै मेटिदैन । आफू को हो चिन्नैपर्छ ध्यानदृष्टिले भित्र हेरौँ । अति भो अब त कति दौड्न्छ मान्छे धनसम्पत्ति पदका पछि । हामी मान्छेले मानव प्रवृति छाड्न हुन्न आफूमार्फत् संसार बिग्रनुहुन्न । यिनै र यस्तै विचार पोखेर नयाँ नेपालको निर्माण गर्न नौलो सोच र नौलो क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ ।

जागरणको यात्रा हो यो महाकालीदेखि मेचीसम्म
आयौँ हामी ओशो सन्यासी ध्यान प्रेमको दियो बाल्न ।
ध्यान सिकौँ ध्यानमा डुबौँ ध्यान हो एउटै बाटो
उठ्नैपर्छ हामीले माथि खोलौँ भित्री पाटो ।

व्यक्ति व्यक्तिमा करुणा प्रेम शान्ति सदभाव फैलाएर व्यक्ति विशेषको आन्तरिक इलाज गरी समाज र राष्ट्रलाई सपार्ने महान् लक्ष्यका साथ फरबरी २० तारिखमा महाकाली अाचलको महेन्द्रनगरबाट सुरु भएको महाकालीदेखि मेचीसम्मको जागरण यात्रा आज राजविराजमा प्रवेश गर्यो ।

स्वामी ज्ञान खालिस र स्वामीगोपाल भारतीको संयुक्त आयोजनामा ५५ जना ओशो प्रेमीहरुको एक समूहले ओशो सन्देश भजन कीर्तन र जागरण गीतका साथ नगर परिक्रमा गर्यो । उक्त अबसरमा “ओशो आए आनन्द लाय!”, ” आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन धन पद जति जोड तृष्णा मेटिदैन!” जस्ता नाराहरु लगाइएका थिए । समाजमा मौलाउँदै गएको अराजकता अशान्ति राजनैतिक अस्थिरता र वैमनस्यताले मानवीय संवेदना नै ह्रास भइरहेकोले सदगुरु ओशोले प्रतिपादन र सिफारिस गरेका ध्यान विधिहरुलाई अवलम्बन गरेर र उनले दिएको देशानालाई जीवनमा लागू गरेर मान्छेले सुखको राज ल्याउन सक्छ भन्ने कथन माँ ध्यान नीरजाको थियो । आजको युगमा मान्छे आफूभित्रको सत्रुबाट भागिरहेको अत्तालिरहेको छ ओशो ध्यानविधिमार्फत् खरवि मान्छे असलमा रुपान्तरण हुन्छ भन्ने विचार माँ देव अनुपमको थियो । उक्त अवसरको भजनमा भनिएको थियो…

यो युग ध्यानीको यो युग प्रेमीको
धर्तीलाई स्वर्ग बनाउने यो युग ओशोको ।
हामीले नाच्न सिक्यौ हामीले नाच्न सिक्यौ
दुःखले भरिएको संसारमा हामीले हाँस्न सिक्यौ ।
पलपल बाँचेर हेर आनन्द बस्रन्छ यहाँ
आँखा खोलेर हेर को छ पराई यहाँ
भारी बिसाइ हेर मुक्त छौ अहिले यहाँ
हृदय खोलेर हेर प्रेम बस्रन्छ यहाँ ।

दार्शनिक ओशो मानिसका बारेको कथनमा स्वामी निर्दोष भन्छन्- “कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसावले । शारीरिक हिसावले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।! दार्शनिक ओशोले जीवनका बारेमा भनेका कथन अघि सार्दै उनी अगाडि थप्छन्- ” सदगुरु ओशोको दृष्टिमा जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जो मानिस जिउने कला जान्दछ जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यो मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो उसलाई त जीवन नै प्रयाप्त हुनेछ ।! दार्शनिक ओशो प्रेमका बारेमा भन्छन्- “प्रेम स्वभाव हो सम्बन्धको कुरा होइन । प्रेम हो स्टेट अफ माइन्ड । प्रेम हामी भित्रै छ । प्रेम हाम्रो स्वभाव हो जसलाई खोज्न कहीँ जानुपर्दैन । उनै सदगुरु सेक्सको बारेमा भन्छन्- “सेक्स परमात्माको शक्ति हो । आनन्दको द्धार हो । मैथुनको समयमा मन विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ त्यो विनासेक्स पनि बसर्िन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ । तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलव के हो भने म सेक्सलाई रुपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।! धर्मको बारेमा उनको कथन छ- “तिमीभित्र जुन चेतना छ त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।! उक्त अवसरमा चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश जवलपुरमा जन्मेका र १९ जनबरी १९९० मा देह त्याग गर्न पुगेका ध्यान योग प्रणायम र सशक्त विचारबाट विश्वलाई नै विउँझाउनॆ एक महापुरुष दार्शनिक ओशोले मान्छेलाई सरल र सहज तवरले जिउने कला सिकाएका छन् भन्दै स्वामी ज्ञान खालिसले हिन्दू धर्मले सत्य चेतना र आनन्दमय सचितानन्द मानेको हामी भित्रको विशाल ऊर्जाको नाम नै ओशो हो भने । हामीले जीवित सदगुरुका रुपमा ओशोलाई पाएर धन्य भएको विचार स्वामी निर्दोषले राखे । हामीभित्रको आन्तरिक स्वभावको नाम नै ओशो हो भन्ने मत समेत सहभागीहरुले राखे ।

दार्शनिक ओशोले मान्छेभित्रको आनन्दलाई हाँसोको माध्यमबाट उपयोग गर्न सकिने कुरा समेत बताएका छन् । उनले परिस्थितिलाई हैन मनस्थितिलाई बदल्न र जीवनदेखि डरले भाग्ने हैन जाग्ने कुरा बताएका छन् भन्दै ओशो संयासी लीला दाहाल ओशोदृष्टि अघि सार्दै भन्छिन्- सदगुरु ओशो भन्नुहुन्छ “हाँसोले तिमीलाई निर्मल बनाउँछ । तिमीलाई जीवन्त ऊर्जावान् तथा सिर्जनशील बनाउँछ । हाँसो मानिसले प्रकृतिबाट पाएको सबभन्दा गहिरो औषधी हो । हरेक विहान जाग्नासाथ आँखा नखोलीकन पाँच मिनेट खित्का छाडेर हाँस । त्यसले पूरै दिन उत्सवमय बनाइदिनेछ ।! उहाँ थप्नुहुन्छ- “गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।! “देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।!

धेरै घुम्यौँ बाहिर हामी अब भित्र फर्कौँ
आफू को हो चिन्नैपर्छ भित्र दियो बालौँ ।

मृत्यु बारे उनी बोल्छन्- “सदगुरु ओशोको नजरमा मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो मर्यो तन्नेरी थियौ अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त जसरी मानिसको उमेरअनुसार रुप परिवर्तन हुँदै जान्छ मृत्यु पनि रुप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो अब मृतको कसरी मृत्यु हुन्छ आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।!

दिदीबैनी दाजुभाइ आउनुहोस् ध्यान गर्न
बल्लबल्ल पाएको पो जीवन सफल पार्न ।

समाज रुपान्तरणको क्रान्तिको बारेमा ओशो कथन छ – “अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।! पाखण्डको बारेमा भन्छन्- “जो सहजताका साथ बाँच्छ जसको कुनै आदर्श हुँदैन जो आफ्नो स्वभावमा बाँच्छ उसको जीवन पाखण्ड हुँदैन ।! पुरुषस्त्रीको बारेमा ओशोप्रेमी विकास भन्छन्-“सदगुरु ओशोको नजरमा पुरुष एक प्रकारको सतह हो जहाँ सक्रियता छ आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु स्त्री केन्द्रमा छ पुरुष परीधिमा छ ।!

हामी बेहोसीमै बोल्दा रहेछौ
आँखा छोपेर हिँड्दा रहेछौँ ।
यो दुई दिनको जिन्दगीमा
हामी जालोमा पस्दा रहेछौँ ।
कहिले खुलेन आँखा हाम्रो
कहाँबाट आयौँ कहाँ जाने हो
को हौँ आफ्नु ठेगाना छैन
किन यो जीवन व्यर्थ फालेको
हाम्रो होस खुलेको भए
यो हत्या र िहंसा किन
प्रेमको ढोका उघ्रेको भए
यो घृणा र सन्ताप किन

ओशोप्रेमी हेमनारायण यादव ओशोको भोजनकलाको बारेमा भन्छन्- “सदगुरु ओशोको नजरमा भोजन गर्ने बेलामा तिमी भोजनलाई राम्ररी हेर सुँघ । कुनै हतार नगर । भोजन ग्रहणलाई न्ौ ध्यान बनाऊ । कसैले तिमीलाई पागल ठान्छन् भने ठान्न देऊ । खानालाई चारैतिरबाट ओल्टाइपल्टाई हेर । अनि आँखा बन्द गरेर त्यसलाई छोऊ । गालामा लगाऊ । हर प्रकारले खानाको महसुस गर । अनि थोरै मुखमा लेऊ र त्यसलाई धेरै बेरसम्म स्वाद लिई चपाऊ । त्यसको पूरापूरी स्वाद लेऊ । त्यस वेला तिमीलाई थोरै खाना पनि प्रयाप्त हुन्छ ।! गुरुको बारेमा ओशोदृष्टि बारे ओशोप्रेमी जयराम भगत भन्छन्- “सदगुरु ओशोको नजरमा धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन् संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनूँन् । अनि मात्र हिन्दू जैन क्रिष्चियन इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम कृष्ण क्राइष्ट बुद्ध मोहम्मादहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।!

आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन
धनपद जति जोड तृष्णा कहिल्यै मेटिदैन ।
ओशोको यही सन्देश बोकी उत्सव बाड्न आयौँ
आफू को हो चिन्नैपर्छ ध्यानदृष्टिले भित्र हेरौँ ।

२१ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरीआमाबुवा लगायत परिवारका सम्पूर्ण सदस्यलाई दीक्षित पारेका ओशोले परम्परागत सन्यासको प्रथालाई हटाएर नवसन्यासको अवधारणा ल्याएका थिए । मानिसलाई नीति सिकाउने हैन प्रज्ञा दिएर आफ्नो बाटो विवेकको आँखा खोलेर प्रयोग गर्न प्रेरित गर्ने काम ओशोले गरेर मान्छेलाई होसपूर्ण जीवन जिउन सिकाए भन्ने विचार ओशोप्रेमी कृष्ण दाहालको थियो । ओशो विचार र देसनाको प्रचारप्रसारमा सक्रियता देखाइरहेका त्रिकोल गाविसका ओशोप्रेमी हेमशंकर यादव हिलोमा कमल फुलेझैँ चुनौतीमै जीवन फूल्ने कुरा बताउँछन् । ओशोके घुँघरु ओशो प्रेमके गीत र कृष्ण भजन जस्ता तीन वटा भजन प्रकाशन गरिसकेका ओशो मधुवन माइधारका ओशोप्रेमी गणेश बराल ओशो धारा अंगाल्नेहरुले ओशोको नाममा राजनीति गरिरहेको आरोप समेत लगाए । गुरु ओशोलाई परमगुरुको दर्जा दिएर सिद्धार्थ शैलेन्द्र र प्रियाले आफूहरुलाई सदगुरु धोषणा गरेको कुरा समेत उनले वताए । करिव ६५० पुस्तक ५० भन्दा बढी भाषामा प्रकाशन गरिसकेका विश्वका सम्पूर्ण देशमा ध्यान केन्द्र रहेका सदगुरु ओशो नै वर्तमान र भविष्यका लागि काफी रहेकोले ओशोको नाममा सदगुरु कहलाउने अरु बनावटी गुरु यस समाजलाई आजसम्म खाँचो नपरेको विचार समेत उनले पोखे ।

कति दौड्न्छौ अति भो अब त होस संभाल
कत्ति सुत्छौ युगौ विती सके अब त जाग नजाग ।
तीर्थ गयौ अनि मन्दिर धायौ शत्रु भित्र बनायौ
पूजापाठमा समय वितायौ मानसम्मान बुझायौ
तर खुलेन अन्तर चछु व्यर्थै जीवन गुमायौ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *