कुरा मुखमा फोहर नाम उस्तै
जताततै आँ मुख हाम उस्तै ।
मोलमोलाइभित्र गोलमोल
समस्याहलबिनाको सडक जाम उस्तै ।
इज्जत हुन्छ लिलाममा यहाँ
घमण्ड लुकेको खाम उस्तै ।
माम र दाम फरक ठूलासानामा
फरक कामको नौलो दाम उस्तै ।
अक्षर मर्छ बोली सिंढी चढ्छ
जताततै नेताहरूका धाम उस्तै ।
तपेश्वरी-1,उदयपुर
