धनले मन राख्छ भन्ने ठान्यो उसले
सबको मनबाट मुक्ति पायो उसले।
‘जसको जोत उसको पोत’ हुन्छ भनी
भएभरका भोटजति तान्यो उसले।
‘हाने मर्छ बोले टर्छ’ सिध्दान्त रहेछ
त्यसैले त मज्जाले आज हान्यो उसले।
जनमुखी कर्म हैन स्वमुखी धर्म र’छ
गुलिया शब्द बेची खोक्रो पार्यो उसले ।
जति भ्रष्ट बने पनि दण्डहिनताले
देवतासरि आफैलाई मान्यो उसले।
तपेश्वरीः १ उदयपुर
