Skip to content

ठूलो घात रै’छ

  • by


एकअर्को नमिल्नुमा दक्षिणेको हात रै’छ
विधिविधान मासिनुमा ठूलो घात रै’छ ।

मुलुक मुखमा हैन शिरमा राख्न भन्दा
नमान्ने त्यो दासमनको ठूलो जात रै’छ।

आफ्नो लक्ष्य नहुँदा अर्काको इशारा काफी
बाचा गर्ने तर नमान्ने पिपलु पात रै’छ ।

आफ्नो पतन आफैँ नदेख्ने कस्तो त्यो दृष्टि
विनास जान्ने त्यसको त विषालु दाँत रै’छ।

सुखदुःख सबैमा दक्षिण फर्की हाल्ने बानी
सम्झाउने त्यसलाई त विदेशी लात रै’छ।

तपेश्वरीः १ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *