थरीथरीका इच्छामा पनि कुनै इच्छा व्यक्ति विशेषलाई मात्र सरोकार राखेर हिँड्छ भने कुनै चाहिँ सबको स्वार्थलाई सम्बोधन गर्दै हिँड्छ । इच्छा स्वार्थको अर्को रुप हो । सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस् उन्नतिको मूल सर्वत्र फुटोस् भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुन्छ । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर “चाडै काम पाइयोस् चाडै सुविस्थाको माम पाइयोस्” भन्ने हुन्छ । “तातै खाऊँ जली मरुँ” पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर “यत्ति मेरो यत्ति तेरो”को भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । “बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर” भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ नाम हराउन सक्छ यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र पुनः पीडादायी अध्याय उल्टन सक्छ ।

कलमले सिर्जने कुरा हर पिढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । समाजमा व्याप्त थिचोमिचो शोषणंदमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन नसक्दा नै सृष्टि सुरु हुन्छ । हाम्रो पुस्तामा उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण गर्ने विचार अहिले खिँइदै खिँइदै आधा भएको छ अब खिइन नसक्ने र नमिल्ने अवस्थामा छ । समकालीन यथार्थका बहुल पाटालाई सार्थक र उद्देश्यमुलक ढ्रगले समुन्नतिमा रुपान्तरण गर्नु ठूलो चुनौति भएको छ । कहरको कालो रात सकिएपछि मात्र सम्मुन्नतिको उज्यालॊ उषाकाल आउँछ । हरतरहले चर्याइरहेको घाउले मलहमपट्टी पाए पछि मात्र पीडा कम भएर घाउमा खाटा बस्छ अनि सुखानुभूति देखापर्दछ । मुलुकको रथ हाँक्नेहरूमा बहुसंख्यक शोषितपीडितप्रति गम्भिर चासो समाजप्रति दायित्वबोध हुन सके मात्र राजनैतिक आर्थिक एवं सामाजिक शोषणले लाटो पारिएका जनताको मनमा आशा र भरोसाको बीजारोपण गर्न सकिन्छ । एक समयमा जनताले तौली तौलीकन शब्दहरू बोल्नुपथ्र्यो । आफ्ना मनका करुण भावहरू पनि त्यसै गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपथ्र्यो । वेदनाका आँसु चुहाउन पनि कठिन थियो । हरेकका आँखाका सपनाहरू धुजाधुजा भएर च्यातिएका थिए । त्यत्तिखेर अमानवीय घटनाहरूको लेखाजोखा थिएन भने भ्रष्टचारी घटनाहरूको हिसाबकिताव र नालीबेली राख्ने चलन नै थिएन । यो कथन त्यस युगलाई जोख्ने असली तराजु हो । भोकोले पेट भर्न र नांगोले आँग ढाक्न पाउँनुपर्छ भन्ने आवाज नगुाजेको होइन । अन्याय अत्याचारका विरुद्ध बमवर्षा नभएको होइन । मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएका कारणले संसारलाई नै चमत्कारिक योगदान दिने क्षमता मरेर गयो र बदलामा पुरातनवादी कुसंस्कारी सोच खरो रुपमा देखापर्यो ।

प्रशासक होस् या शासक मुलुकको रथ हाँक्ने उसको काम हो तर त्यो रथयात्रा जनताको इच्छा अनुरुप जनताको हित अनुकूल अनि जनताको सेवक हुँ भन्ठानेर हुनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक पद्धतिमा हुन्छ । हाम्रो इतिहासले हामीलाई धेरै थरिको पाठ पढाइसकेको छ । आफूले पढेको भोगेको र अनुभवले संगालेको ज्ञान व्यवहारमा लागू गर्नुपर्छ । त्यो ज्ञान व्यवहारमा नआउने हो भने त्यो नै राष्ट्रोन्तिको बाधक साबित हुन्छ । राष्ट्रघाती कदम ठहर्दछ । आजको कालो वर्तमान चिर्न आवश्यक छ । कार्यमा पारदर्शिता नीति निर्माणमा सर्वस्वीकार्यता र राज्य साचालनमा देश र जनताको स्वार्थसिद्धमा हुने हो भने शत्रुपक्षले मुण्टो उठाउनै पाउने थिएनन् । प्रशासन भन्ने कुरा कसैको बहकाउ कसैको धम्की र कसैको मायांममताले चल्न थाल्यो भने कानूनी राज्य असफल हुन्छ । जन्मले राष्ट्रवादी भइन्न कर्मले सच्चा राष्ट्रसेवक कहलाउन सकिन्छ । हरेक अग्रगामी कार्यलाई पश्चगमनवाद वा यथास्थितिवादले नामोनिसान मेट्न खोजेका घटनाहरू नयाँ होइनन् । शक्तिशाली छातीभित्र शक्तिशाली विचार बोकेर हिड्ने विचारकको विपक्षमा मत जाहेर गरी असत्यको राज फैलाउनेहरू विरुद्ध न्वारानदेखिको बल झिकेर लागिपर्नु पनि चानचुने अठोट होइन । कालो मन भएकाहरू ऐयासी जीवन विताइरहेका र अँध्यारो भविष्यको जग खडा गरिरहेका परिवेशको कारुणिक अवस्थाबाट पार पाउन कठिन हुन्छ । नाटक देखाउन सजिलो छ तर दर्शकलाई प्राकृतिकपनले रिझाउन कठिन छ । हाम्रा सामु दुःख वेदना आँसु हाँसो यन्त्रणा दमन प्रतिरोध घात प्रतिघातहरूलाई मात्रै जन्मिरहेका भटिन्छन् ।

यो सिकाइको मैदानमा जो पनि आजीवन विद्यार्थी नै रहिरहन्छ किनकि सिकेर सिकी नसकिने र जानेर जानी नसकिने अथाह कुराहरू छन् हाम्रै वरपर । युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो हुने अवस्था नआए हामी निरंकुशताका कैदी नै हुन्छौँ । स्वतन्त्रता समानता र न्यायका सेनानी बनेर नयाँ दिनको स्वागत गर्न सक्दैनौँ । नकाम गर्नेहरूको झाँको झार्न र अन्यायमा परेकाहरूको उद्धार गर्नमा आफ्नो श्रद्धा झल्कन पाउँदैन र हाम्रो अभीष्ट मर्छ । जो जहाँ लागे पनि जो जहाँ पुगे पनि पवित्र दिमाख खियाएर हुन्छ वा परिश्रमी हातगोडा चलाएर हुन्छ श्रम गर्दै पेट पाल्ने विचार मर्नुहुन्न । इमानको काम गर्ने हो भने गोरु गाई बाख्रा र भैंसीको पुच्छर पनि समात्नुपर्छ करेसाबारीको माटोसँग लड्नु पनि पर्छ झरींवर्षामा भिज्न पनि सक्नुपर्छ । त्यत्ति मात्र कहाँ हो र हरिया पात र बिरुवासँग िसंगौरी खेल्नै पर्यो भने डोको र बाचरो बोकी जङ्गल पनि पस्नुपर्छ । मनमा लोभ पाप जालझेल षड्यन्त्र स्व्ाार्थ तेरोमेरोको निकृष्ट भाव क्ष्ाद्रता अहङ्कार र इष्र्या कलुषितभाव कामेच्छा मद मात्सर्य दुष्टता पापाचार दुराचार अनाचारजस्ता कुभावना पालेर मानवता नै हराउन दिई ढोँगी स्वार्थी संकीर्ण आडम्वरी हुनु र स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिसर्ी लुच्चा लफङ्गा स्वार्थी निर्घिणी कामचोर दलाल भ्रष्टचारी द्रव्यपिपासु हुनु कत्तिको लाजमर्दो कुरा हुन्छ त्यो कुरा सम्झनुपर्छ ।

यत्तिखेर हामी भने नयाँ नेपाल बनाउने सपना साँचेर बसेका छौँ । पुरानो नेपालको सही चिरफार नगरीकन न्ायाँ नेपाल निर्माण गर्न सक्दैनौँ । हामी नेपालीहरू विश्वका सबभन्दा गरिब पछौटे परनिर्भर हुनु र देशभित्र रोजगारी नपाएर लाखौंँको सङ्ख्यामा विदेशतिर भौंतारिनु सान्य भयो । दुई्र तिहाई श्रमशक्ति कृषिक्षेत्रमा अल्झिएर पनि विहान वेलुकाको छाक टार्न धौधौ परेको छ । हाम्रो टाउकोमाथि विदेशी ऋणको भार प्रति वर्ष थपिँदो छ । हाम्रो गरिबी बेरोजगारी पछौटेपन असमानता र परनिर्भरता टसको मस भएको छैन । देश यतिखेर शिशु गणतन्त्रलाई हुर्काउन व्यस्त भएको छ । हामीले व्यवस्था र शासन बदलेर केही हुन्न मानिसको मन बदल्नुपर्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुकले सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्नुपर्छ । हामीकहाँ पनि असन्तोषका कुराहरू धेरै छन् अभावका पोकापन्तेराहरू मनग्यै छन् तर सन्तुष्टि दिने आधारहरू पनि मनग्यै छन् । अग्रगामी कदमका विरुद्धमा यस्तै धोका मिलेमा पुनः शासकीय अहंकार भित्रिदै गएमा प्रत्येक नेपालीका घर घरबाट कुटो भेट्टाए कुटो कोदालो भेट्टाए कोदालो हँसिया भेट्टाए हँसिया लिएर अहंकारको समूल नष्टका लागि जाइ लाग्नुपर्ने दिन नआउलान् भन्न सकिन्न । देवता भूत गन्धर्व किन्नर प्रेत पिचास डंकिनी घनघोर शब्दका साथ तारकासुर दैत्यमाथि जाई लागे झै जनताहरू जाई लाग्नुपर्ने दिन नआऊलान् भन्न सकिन्न । हामीहरू उज्यालोका उपासक हौँ । हृदयदेखि नै मन वचन र कर्मले राष्ट्रप्रति प्रेम दसा्रउन सक्नुपर्छ ।

हामीकहाँ राजनीति राष्ट्र खान्छ । अनुभव गरेका कुराबाट पाठ नसिक्नेहरू र सिकेकॊ कुरा जनता र राष्ट्रको हितमा प्रवेश गराउन नसक्नेहरू जनताका नेतानेतृ होइनन् । कुनै पनि नेतानेतृबाट देशको विकास देखिँदैन भने जनताले त्यस्ता नेतानेतृलाई गुहे गल्लीमा मिल्काइदिन्छन् । राजनीतिले मुलुककॊ छातीमा पीडामा पार्दैन बरु परेको पीडा हटाउँछ । पीडा हुनेहरूलाई पनि खुखानुभूतिमा पुर्याउनु राजनीतिको काम हो । पटकपटक गल्ती गर्नेहरू र जनहित गर्न नसक्नेहरू नेतानेतृ बन्न सक्दैनन् । जनतालाई छटपटीमा पुर्याएर छोड्ने र अधकल्चो भविष्य सुम्पने नेतानेतृ होइनन् मात्र पाखण्डी हुन् । त्यसैले त अचेलको राजनीतिले काम नगरेको देख्दा दार्शनिक ओशो राजनीतिको बारेमा भिन्न मत जाहेर गर्दै भन्छन्ं”राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरुमाथि विजय पाउनु छ त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रुपान्तरण हुनेछ ।” कुनै तरिकाबाट परिवर्तन मुक्ति र भविष्य जनतालाई नदिने राजनीति राजनीति होइन । यस्तो राजनीतिको जन्म भए पनि पुनर्जन्म छैन । त्यो राजनीति स्वयम्का लागि पनि घातक अश्त्र मात्र हो ।
माया न्यायमा बस्नेहरूले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो । दृष्टिपरिवर्तन आफ्नै खुट्टामा बन्चरो हानेर आउने हैन । परिवर्तन आपुनै गाँस र वास संकटमा राखेर रोजीरोटी गुमाएर पाइने हैन । आफैले गरेको कर्म आफ्नै भविष्यका लागि कत्तिको हितकारी छ त्यसको लेखाजोखा गर्न सकिएन भने केही गर्नु भनेको अँध्यारोमा बन्दुक हानेजस्तो हुन्छ । मुलुकको चौतर्फी पक्षको समुन्नतिमा देशका हर्ताकर्ता नलागीकन पूरातनवादी यथास्थितिलाई नै मलजल गर्दै िहंडे भने विद्रोहका हातहरू उठ्नेछन् । परिवर्तनको गीत गाउँने गायकहरू थपिनेछन् । चट्टानझैं शक्तिशाली छाती पारेर युगौंदेखिको पुरानो पर्दा च्यातचुत पार्नेछन् । यस महाअभियानको बाटामा तगारो बन्नेहरूले प्रायश्चित गर्ने शब्द र भाग्ने बाटाहरू पाउनेछैनन् । स्वार्थको घैला भर्नेहरू धेरै छन् समाजमा । तिनीहरूको मुखमा बुझो लगाउन पनि हार स्वीकार्नु हुन्न । समाजमा त्यस्ता विकृत स्वरुपको मुखमा कालोमोसो दलेर विजयोत्सव मनाउने कार्यतर्फ अग्रसर हुनु जरुरी छ ।

अब भने शब्दको विस्कुन आफ्नै माटोमा फिँजारुँ । हाम्रो साझा इच्छा र आकांक्षाको गन्तव्यपथ पत्ता लगाऔँ । त्यस पछि भने एउटा सूर्य जन्माऔँ जसले विश्वमा चमत्कार थपोस् । विश्व नै धन्य धन्य बनोस् । आभार प्रकट गर्न वाध्य बनोस् । नरमुण्ड माला लगाएर िसंहनाद गरिरहेका मानवको रुपमा देखिएका दानवहरू तीनमुर्छा परुन् र पुनः त्यही रुपमा कहिल्यै जागा नहून् । व्युँझाइ हुन्छ नै भने सक्कली मान्छेका रुपमा व्युँझाइ होस् । त्यस्तो इतिहास रचियोस् जुन इतिहास आजसम्म रच्नै पाइएको छैन । त्यस्तो यात्रा बनोस् जुन यात्रा आजसम्म कल्पनामा मात्र सीमित छ । त्यस्तो गन्तव्य बनोस् त्यस्तो गन्तव्यको यात्रा आजसम्म किटान गरिएकै छैन । त्यो सूर्य्रको तेजले संसारका दुष्ट्याइँ पारखीहरूका गालामा थप्पड जाओस् । इमान र जमान हुनेहरूका मनमा उत्साह र उमङ्ग अझ उमि्रयोस् । विग्रेकाहरू सप्रून् सप्रेकाहरू मौलाऊन् । निधाएकाहरू जागून् जागेकाहरू ठम्ठम्ती प्रगतिपथमा लागून् । त्यस सूर्यले असल मनमा आश उमारोस् कलुषित मनमा त्रास उमारोस् । एक हितपछि अर्को हित देखियोस् । एक सुख पछि अर्को सुख देखियोस् । सच्चा पाखुरीको कदर होस् सच्चा मनलाई पक्का बनाओस् । भद्दा मनलाई उत्साहित हुने दबाई खुवाओस् कालो मनलाई सजायको दायरामा राखोस् । सप्रने मनलाई सपारोस् नसप्रनेलाई दवाको दवाई पारोस् । कानूनको दूरदॄष्टि सर्वत्र फैलाओस् । इमान्दारी र परिश्रमी हातहरू चुमोस् गद्दारी र अपि्रय पाइलाहरू सदाको लागि मेटाओस् । यसरी समृद्ध नेपाल बनोस् र गर्वले छाती ढक्क फुलाउँदै विश्वमा शिर उच्च पार्न पाइयोस् ।

तपेश्वरीं१ गल्फडिया उदयपुर

पत्राचार ः लिट्ल फ्लावर मावि राजविराजं९ सप्तरी फोन नं ०३१५२००३८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *