Skip to content

ब्रह्माजीलाई निवेदन


श्रीब्रह्माधिपतिज्यू,
चौधै भूवन शिक्षाभवन; ब्रह्मलोक ।

विषय- लथालिङ्ग व्यवस्थापन बारे ।

महोदय,

उपर्युक्त सम्बन्धमा म रहरलेभन्दा पनि वाध्यताले कहर काटेर आएको मनुष्य चौध सय परिवारको एक पूराण वाचक सदस्य भएको छु । सृष्टि गर्न जानेपछि तपैँले नै व्यवस्थापन गर्नुपर्छ भन्ठानी निवेदन टक्रयाउने हिम्मत गरेको हुँ ।

अनेकन समस्या मध्ये अहिले थेग्नै नसकेको समस्या के हो भन्देखेरि मैले दुई सय पचासलाई ठूलो हलमा कोचेर पूराण सुनाउनु परेको छ । किन यसो गर्नुपर्या भनी लालपेन बहादुर मुखियालाई सोधेको उनले उपरवालाले भाग लगाएको यत्ति नै हो भनेर स्पष्ट पारे ।

पूराण सुनाउन अल्छी गरे लालपेन चल्छ भनेर धम्क्याए । म पनि के कम न्यायका लागि तम्राभन्दा उपर जान्छु; जान्छु भन्दो भएँ । उपर माथि उपर जाँदा जाँदै यहाँसम्म आइपुगेँ ।

अतः मेरो पूराणालयमा पूराणवाचक थपिदिन्या कि स्रोतागण अन्यत्र लखेटिदिन्या भन्या ? सार्है सकस भो भन्या । दुइटामा एउटा कार्जे झट्टै गरेर राहत दिन सादर अनुरोधका साथ लघु अध्याय अन्त गर्दछु ।

निवेदक
फलाना बहादुर फलाना
(पूराणवाचक)
असिद्धेश्वरी मावि; नेपालेश्वर भुखण्ड; पिरहा; नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *