Skip to content


उकाली ताछी पार्नु छसम्म नभन त्यसरी
मैदान उठ्छ भनेर तिमी नखन त्यसरी ।

एउटै मूर्ति बनाईकन चकित तुल्याई
साकार पार्छु सपना भन्दै नकन त्यसरी ।

एकाध कुरा हेरेर सारा एउटै ड्याङको
मानिसभित्र नपसिकन नगन त्यसरी ।

आमाको मन बुझेर हिँड भन्दछु म पनि
आफूले ठाने सरह कहीँ मिल्दैन तैपनि ।

मिलेर आऊ भनेर धम्की दिएर हुँदैन
निर्दयी मन पोसेर राख्ने नबन त्यसरी ।

नन्दलाल आचार्य
–तपेश्वरी–१, उदयपुर ।

मो नं. ९८४२८२९२०६

(झ्याउरे छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *