Skip to content

तातो घामले डढ्न लागें म


कोही भए आऊ यहाँ लड्न लागें म
यो खाडीको तातो घामले डढ्न लागें म ॥

कहिले यता कहिले उता वालुवाको थुप्रो संगै
पाईला सार्न न सकेर गढ्न लागें म ॥

जीवन जिउने आशा पनि रित्तिई गयो
त्यसैले त अंग अंग सढ्न लागें म ॥

मेरो लागि यो संसारमा कोही नहुँदा
बिना कसुर फाँसी माथी चढ्न लागें म ॥

2 thoughts on “तातो घामले डढ्न लागें म”

Leave a Reply

Your email address will not be published. Required fields are marked *