Skip to content

हात समाई गाउँबेशी झरेको दिन भुल्यौ

  • by


हात समाई गाउँबेशी झरेको दिन भुल्यौ
पिरतीको बिउ दिलमा छरेको दिन भुल्यौ ॥

तिमी मेरी म तिम्रो हजार जन्म जन्म
जिउने मर्ने सँगै बाचा गरेको दिन भुल्यौ ॥

दोबाटोमा थियौ तिमी मैले साथ दिए
बहकिंदै महासागर तरेको दिन भुल्यौ ॥

कसले दियो तिमीलाई बनावटी मायाँ
तिम्रो मुटु यो मुटुमा सरेको दिन भुल्यौ ॥

झुटो रैछ तिम्रो कसम जति खाए पनि
रगतले खाली सिउँदो भरेको दिन भुल्यौ ॥

हात समाई गाउँ बेशी झरेको दिन भुल्यौ
पिरतीको बिउ दिलमा छरेको दिन भुल्यौ ॥

जगत राम बर्देवा घायल
दोहा कतार
६।२०।२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *