Skip to content

मनले नमान्दा नमान्दै पनि केही शब्द उनैको निम्ति


कसरी लेखौं बितेका कुरा अतीत बल्झाउनु भन्दा भावी दिनहरूको प्रतिक्षानै उचित होला । कसैलेबाटो मोडे भनेर निर्दोस आत्मालाई निर्मम हत्या गर्ने विवश मनलाई आखिर कोही कसैको साहारा नबने पनि यो धर्तीमा जीवित राख्ने निरिह प्राणी म वास्तबमा भन्नै पर्छ मेरो ईच्छा आकांक्षा तनमन मानौ दुःखदेखि आँशुसम्म खुशीदेखि हाँसोसम्म उनैको पोल्टामा राखिदिन आतुर मनलाई वियोग र बिछोडको पीडाले डाम्नु पर्दा पनि मेरो उनै प्रतीको आशालाई आफ्नै मुटुभित्र समाहित गर्दै बदलिएको उनको बिचारलाई काँडेबार भएर अबरोध पुर्याउन उचित ठान्दिन म ।

मलाई पहिलो भेटमा भनेकी थिइन् ः तपाईं र मेरो वास्तविक फेरो एउटै हो । म आज यो मरूभूमिको बिचमा तपाईंको साथ पाएर धेरै खुशी छु । हजुरलाई मेरो जीवनको मेरुदण्ड ठानेकी छु । हाम्रो यो नजिकताले हामी जीवनसाथी पनि हुन सक्छौं । तर धैर्यता अनिबार्य छ । उनको यो कुरामा म सहमत भेदिएँ।

मैले महशुस गरेको थिएँ कि मेरी अर्धांगिनी यस्तै हुनुपर्छ । यदि यस्ती जीवनसाथी मेरो जीवनमा आईन् भने मेरो दुःख सुखमा सहभागी हुन सक्नेछन् साच्चै भन्नुपर्दा मैले उनीलाई जसरी चोखो माया दिएको थिएँ सायद यो संसारमा कोही कसैले पनि आफ्नो जीवन साथीलाई दिन सक्दैनन् । हुन त मैले अरुले जस्तो उनको निम्ति आकाशको तारा झार्छु र त भनेको छैन नि। तर मायाको कुनै परिभाषा अवश्य अपनाएको थिएँ। आखिर उनको पत्थरको मुटुमा मेरो माया गराइले अलिकति पनि परिवर्ततन आएन ।सायद उनको हैसियत भन्दा मेरो निम्न भएर पनि हुन सक्छ ।

मेरो के दोष म गरीब हुनु के भुल मेरो म बेरुप हुनुमाया गर्नु पाप पनि त हैन नि। चोखो मायाले मन जित्न खोज्नु अभिषाप पनि त हैननी मेरो लागि मात्रै किन कफ्यूको आदेश जारी हुन्छ । यदि माया गरेकै कारण मेले सजाय पाएको भए मन्जुर छु; यस सत्यतालाई सहर्ष स्वीकार्छु म । उनी हिड्नेबाटोमा मेरो यो घायल अनुहार देख्न पाउने छैनन् । अब, हो म यही प्रतिज्ञा गर्छु म जे छु त्यसैमा खुशी छु हो जानेर हो या न जानेर हो मबाट ठूलो भुल भएको छ । सबै भन्दा नजिकबाट नियालेर । मायामा पनि यति ठुलो खोट हुन्छ भनेर कल्पनासम्म गर्न नसक्ने म अलिकति बिमार लाग्दा पानाडोल दिनुको साटो मेटासिट जबरजस्ती खुवाउने कलिला हातको बिश्वास नगर्न पनि सकिन । तर उनको जीवनबाट म टाढिंदा उनको जीवन मायाको पालुवा फेरिन्छ भने ठक्कै छ म एक कोस हैन हजारौं किलोमिटर पर गई दिन्छु ।

उनी कुनै ठुलो घरानाको सुन्दर बगैँचामा फूलेका हजारौं फूल मध्येकी एक अति सुन्दर फूल होलिन् त्यहाँ त बिशेष प्रकारका भमराहरूलाई मात्रै इजाजत होला केवल म उनको नजरमा कालो अरिंगाल सरह भएँ। त्यसैले मलाई फूलमा बस्न त हैन नजिक पुगेर त्यहाँको परिवेश नियाल्नेसम्म छुट नभएको होला मलाई । यदि कसैको सोचाईमा मेरो माया वालुवाको पानी होला तर मेरो जीवनको कसम् खाएर भन्छु मेरो मुटुमा धड्कीने ढुकढुकी हो माया । माया बिना यो संसार नै रहदैंन भने म त मान्छे कसरी रहन सक्छु । त्यसैले त ढुक्कसँग बोल्दैछु कुनै प्रेमीले पनि मैले गरेको जस्तो चोखो माया गर्न त के सोच्न पनि सक्दैन जुन मायाको संसार उनलाई सुम्पिन चाहान्छु म ।

मेरो प्राण उनकै निम्ति उत्सर्ग गर्दा उनलाई लाई मैले माया गरेको ठहरिन्छ भने यो जन्मलाई यही अन्त्य गरेर बिलिन हनेछु तर फेरि हजारौं जन्मसम्म पनि उनैलाई पच्छ्याइरहने छु । सायद जुन सुकै रुप धारण किन गर्नु नपरोस् । यदि यो धर्तीमा मानव भएर फेरि आएँ भने अबश्य धनी बाबुको छोरा भएर आउँने छु कि उनैले चाहे जति खोजेको आराम दिन सकुँ । आराम ॥ मेरो लागि जे भए पनि हुन्छ म सामना गर्ने छु तर उनको पोल्टामा यति खुशी दिनेछु जस्को कल्पना सम्म पनि गरेकी हुन्नन् निर्मोहीले ।

जगत राम बर्देवा घायल
दोहा कतार
१३। ४ ।२०१०

4 thoughts on “मनले नमान्दा नमान्दै पनि केही शब्द उनैको निम्ति”

    1. kun mahasaya parnu bhayo 1
      kun mahasaya parnu bhayo 1 patak nam bhandeenu bhaya dekhi ma aabhari hune thiya plz kasta garnuhos natra mail in dinu bhayapani hun6 ma najikai basera maha sayako chitta bujhau6u plz kast garnu hola hai jo bhaya pani

Leave a Reply

Your email address will not be published. Required fields are marked *