हजार बर्ष वाँच तिमी भोलि नै म मरी दिउँला
जुन उदाओस् तिम्रो निम्ति, म तारा भै झरी दिउँला ।
फूल बनी फूल्नु तिमी सदाबाहार वगैंचामा
तिम्रो सामु आए भने त्यसै ओझेल परी दिउँला ।
अपांग छु असाहय छु माया विना एक्लो छु म
तिम्लाई बोझ लाग्छ भने भड्खालो म भरी दिउँला ।
मेरो आयौ पनि त्यतै थपिदिन मन लाग्यो
स्वार्थी संसार मेरो हैन बरु अन्तै सरी दिउँला ।
तिमी विना आज मेरो हाल के भो भन्दिन म
मनमा थियो तिमीलाई माया थरी-थरी दिउँला ।
हजार बर्ष वाँच तिमी भोलि नै म मरी दिउँला
जुन उदाओस् तिम्रो निम्ति म ताराभै झरी दिउँला ।
जे आर वि घायल
दोहा कतार
