मलाई देख्दा उस्को मुटु जल्यो अरे साथी
मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी ॥
जीवन भरी नुछुट्टिने मित्रताको नाता पनि
चैत्र मासको हुरी बनि चल्यो अरे साथी ॥
संसार मेरो नभए नि मलाई चिन्ता छैन
मपट्टिको उनको चाहात गल्यो अरे साथी ॥
मेरो लागि छैन केही उनको लागि स्वर्ग यहाँ
साहाराको बोटमा धोका फल्यो अरे साथी ॥
मेरो लागि पूर्णिमाको रात पनि अंध्यारो भो
उनको लागि औसिमा जुन बल्यो अरे साथी ॥
मलाई देख्दा उस्को मुटु जल्यो अरे साथी
मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी ॥
जगत राम बर्देवा घायल
२०।५।२०१०
