नलडाऊ चितामाथि मर्नै बाँकी छ
तिम्रो मनमा धेरै खुशी छर्नै बाँकी छ
वियोग र बिछोडले कलेटीछन् ओठहरू
ती ओठमा मायाँको रस भर्नै बाँकी छ
धेरै भयो एकान्त र कल्पनामा हराएको
तिम्रो हरेक रोजाईमा पर्नै बाँकी छ
आधा बाटो मात्रै हामी हिड्दैछौ नि आज
मायाँलुको महासागर तर्नै बाँकी छ
दुईटा मुटु एउटै छातीभित्र अटाएर
सातौ जन्म पुग्ने माया गर्नै बाँकी छ
नलडाऊ चितामाथि मर्नै बाँकी छ
तिम्रो मनमा धेरै खुशी छर्नै बाँकी छ
जे आर वि घायल
दोहा कतार
nice gazal jagat ji . keep it
nice gazal jagat ji . keep it up.
क्या सटिक शब्दहरू! प्रशंसा
क्या सटिक शब्दहरू! प्रशंसा नगरीरहन सक्दिन!
verry nice keep it up guru
verry nice keep it up guru
amir ghimire