म त गाउँले के आउँनु तिम्रो शहरमा ?
मेरो लागि के पाउँनु तिम्रो शहरमा ?
धनै धनको बिटो लिई आउँछन् अरे त्यहाँ
म भिखारी के धाउँनु तिम्रो शहरमा ?
क्यासिनो र डिस्कोतिर तिम्रो मोह छ रे
लोकभाका के गाउँनु तिम्रो शहरमा ?
तिम्रा रंगीन सपनाको राजकुमार भइन
उजाड बस्ती के छाउँनु तिम्रो शहरमा ?
सुन्दर फूलमा झुम्मिएका भमराको ताँती
घायल नजर के लाउँनु तिम्रो शहरमा ?
म त गाउँले के आउँनु तिम्रो शहरमा
मेरो लागि के पाउँनु तिम्रो शहरमा ?
जगत राम बर्देवा घायल
१३कि मि गोरखा
दोहा कतार
६।१३। २०१०
