Skip to content

अन्तिम पटक मुहार हेर्छु भेट्न आऊ प्रिया

  • by


अन्तिम पटक मुहार हेर्छु भेट्न आऊ प्रिया
अलिकती प्राण हुँदै देख्न आऊ प्रिया ।।

सक्दिन म छिया छिया मुटु बोकी ज्यून
कति मर्छ्यौ तड्पाएर रेट्न आऊ प्रिया ।।

संगालेको थिएँ मैले हजार रहरहरू
तर अब चाहिदैन मेट्न आऊ प्रिया ।।

तिम्रैनाम शब्दैपिच्छे अघि सर्दै आउँछ
सक्छ्यौ भने ती हातले छेक्न आऊ प्रिया ।।

मेरो जीवन तिम्रो लागि योग्य छैन भने
कचेराको ढ्वाङ्भित्र फेक्न आऊ प्रिया ।।

अन्तिम पटक मुहार हेर्छु भेट्न आऊ प्रिया
अलिकती प्राण हुँदै देख्न आऊ प्रिया ।।

जगत राम बर्देवा (घायल )
पृथ्वीनारायण न पा १० गोरखा
हाल ः नबोदित साहित्यिक वाचनालय दोहा कतार
१८ । १ ।२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *