हुन सक्छ भने मलाई तिम्रै िसंउँदो भर्न देऊ
तिम्रो आत्मा रुँदा मलाई आँसु बनी झर्न देऊ ॥
तिमी बिना मेरो जीवन अपुरो र निर्थक हुन्छ
मेरो धड्कन् अब तिम्रो मुटु भित्र सर्न देऊ ॥
साथ मलाई तिमी बिना अरु कोही चाहिंदैन
त्यसैले त तिमीसँगै मेरो खुशी छर्न देऊ ॥
हजार जन्मसम्म पनि तिम्रै मायाँ पाईरहुँ
तिमीसँगै मायाको यो महासागर तर्न देऊ ॥
तिमी मेरी भयौ भने खुशी हुन्छु दुःखमा म
अन्तिम ईच्छा केही होईन तिम्रो काखमा मर्न देऊ ॥
हुन सक्छ भने मलाई तिम्रै िसंउँदो भर्न देऊ
तिम्रो आत्मा रुँदा मलाई आँसु बनी झर्न देऊ ॥
जगत राम बर्देवा घायल
दोहा कतार

जगत राम जी
मलाइ यो कबिता सारै
जगत राम जी
मलाइ यो कबिता सारै मन पर्यो !
तपाई को प्रया लेखहरु मलाइ मन परछन,
babal chh ta
babal chh ta