आयौ केही पलको लागि रुवाएर जानु रैछ
उसैसँग मिल्दो जोडी सुवाएर जानु रैछ ।
आखिर किन जुनी जुनी नछुट्टिने कसम् खायौ
आँशुले नै मेरो मुहार धुवाएर जानु रैछ ।
दियौ किन चोखो माया सिर्फ मेरै लागि भनी
चोखो माया मुटुभित्र तुवाएर जानु रैछ ।
अछुत भयौ मेरो साथ्मा पानी चल्न सकेन कि
चोखी हुन सुनपानीले नुवाएर जानु रैछ ।
तिम्रै थियो आश मलाई भरोसामा बाँचेको थें
हाँसी हाँसी मलाई बिष खुवाएर जानु रैछ ।
जगत राम बर्देवा घायल
दोहा कतार
