Skip to content


जब देखें आज मैले पूरानो साथीको याद आयो
कसैको यादमा छट्पटिंदै बितेको रातिको याद आयो ॥

छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा
कसम् खाँदै देउरालीमा चढाएको पातीको याद आयो ॥

हुन होस नहुन होस साहित्यको बाटो एउटै
चकले क ख लेखेको कालो पाटीको याद आयो ॥

मिठो लाग्थ्यो मेल दाना टिप्न जाँदा लडें कति
नउठाउँदै कुल्चिहिंड्ने बिस्वासघातीको याद आयो ॥

भाषा भाषी धर्म कर्म नेपालीको बदनाम गर्दै
समाजबाट अपहेलित तल्लो जातिको याद आयो ॥

जब देखें आज मैले पूरानो साथीको याद आयो
कसैको यादमा छट्पटिंदै बितेको रातिको याद आयो ॥

३०। ५। २०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *