काला गिद्ध गोमन सर्प नअघाएसम्म
जनताको अस्थिपन्जर नचपाएसम्म ।।
ब्वाँसाहरू थाक्ने छैनन् हाम्रै मासु लुछ्न
गोईको मुख जोडिंदैन केही नपाएसम्म ।।
त्यस्तै भए देशको नाममा भण्डार भर्नेहरू
देश बन्दैन यिनलाई आगो नलगाएसम्म ।।
कहाँ छौ खै देशको बिकास गर्ने सपुतहरू
कि उठ्दैनौ सुनामीले नबगाएसम्म ।।
आर्यघाटबाट पनि उठौं शहिदहरू
देश बन्दैन सुतेकालाई नजगाएसम्म ।।
काला गिद्ध गोमन सर्प नअघाएसम्म
जनताको अस्थिपन्जर नचपाएसम्म ।।
जगत राम बर्देवा (घायल )
पृथ्वीनारायण न पा १० गोरखा
हाल ः नबोदित साहित्यिक वाचनालय दोहा कतार
२८ । १ । २०१०
