Skip to content

आँखाभरि तश्विर तिम्रो सजाएर राखें

  • by


आँखाभरि तश्विर तिम्रो सजाएर राखें
मुटुभित्र भोटे ताल्चा लगाएर राखें ।।

तिम्रा प्रत्येक पाईलाहरू अघि बढुन भन्दै
फूल-पाती मन मन्दिरमा चढाएर राखें ।।

तिमी मात्रै मेरो जीवन अरु केही छैन
एउटी तिमी त्यसैले मन पराएर राखें ।।

दुःख पीडा मेरो लागि जति आए पनि
सिर्फ तिमी सारा संसार हराएर राखें ।।

तिमी अलग हुनु हुन्न संसार बदलिए नि
धड्कनसँगै सहभागिता गराएर राखें ।।

आँखाभरि तश्विर तिम्रो सजाएर राखें
मुटुभित्र भोटे ताल्चा लगाएर राखें ।।

जगत राम बर्देवा (घायल )
पृथ्वीनारायण न पा १० गोरखा
हाल ः नबोदित साहित्यिक वाचनालय
दोहा कतार
१७ । १ ।२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *