मेरो जीवन तिमी नै हौ नसार है कतै
फूल बनी फुलिराख नझार है कतै ॥
मेरो लागि तिमीभित्र ठाउँ खाली गर
तिम्रै छेउमा आउने बाटो नबार है कतै ॥
ज्यून थालेँ आजभोलि तिम्रै पर्खाईमा
चोखो माया दिन्छु भन्दै नटार है कतै ॥
धड्कनभित्र तिमी नै छ्यौ छुनुमुनु गर्ने
बिछोडको छुरा धसी नमार है कतै ॥
मलाई ज्यूँदै भंगालोमा बगाएर फेरि
हात समाउँदै उस्लाई पारि नतार है कतै ॥
मेरो जीवन तिमी नै हौ नसार है कतै
फूल बनी फुलिराख नझार है कतै ॥
जगत राम बर्देवा
घायल दोहा कतार
