Skip to content

जनप्रतिनिधि तिमी


६०१ क्षेत्रका जनप्रतिनिधि
आ-आफ्नो दु:खेको क्षेत्रमा जाऊ
भूकम्प पीडितका चराएका घाउमा
साँचो मायाले मलम लगाऊ

कति भरोसा हुन्छ पीडितहरूलाई
तिम्रो उपस्थितिले मात्र पनि
बाँड आवश्यक राहतका सामाग्री
सहयोगी स्वयम् सेवक पात्र बनि

आशा तिमीमा उनीहरुको धेरै
उद्धार गर मनकारी भावनाले
अकस्मात बज्रेको यो महाविपदमा
गास बास तुल्याऊ उच्च चाहनाले

जनप्रतिनिधि तिमी नै बन
हरेक घाइते जीवनको सास
निर्माण गर जोगाउ खोल हृदय
पुर्याउ घटेकै ठाउँमा राहत कोष

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *