एकदिन सबैले मर्ने चोलामा हजुर
खरानी भइ बग्ने खोलामा हजुर
व्यर्थ रहेछ तँ भन्दा म धनी भनी
सेखी गर्नु सुनको तोलामा हजुर
आउदा खेरि रित्तो हात जाँदा ‘नि उस्तै
घुमिरहने यो पृथ्वी गोलामा हजुर
बिसाउनै पर्छ सबले र छोडी जान
जति जसरी भरे पनि झोलामा हजुर
कुरा गर्लान एक दुई दिन बिर्सन्छन् त्यसै
सम्झिन्छन् कसले गाउँ घर टोलामा हजुर
(७ र ५ अक्षरमा विश्राम)
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
