आमा – मेरी आमा


(१)
जन्माएर मलाई काखमा सुतायौ
आमा तिमीले कति रात नसुति बितायौ
मलाई सधैँ माया गर्ने मेरी आमा देउता
यो ब्रह्माण्डमा तिमी केवल एउटा

(२)
औँला समाति ताते हिँड्न सिकायौ
बुबु लिटो चटाउदै जीवन हुर्कायौ
दिइरह्यौ विवेकमा शिक्षाको झोली
यो मनमा बगाइरह्यौ विश्वासको खोली

(३)
लड्ला चोट लाग्ला सधैँ थामिरहने
ज्वरो आउदा निधार हातले छामिरहने
कष्ट होला मलाई भनी जैले पनि खप्छिन्
यसो खुसी भेटे भने मलाई नै थप्छिन्

(४)
हराउछु कि म भनी सधैँ बाटो बन्छिन्
सम्झना गरे मात्र मेरो बाबा भन्छिन्
मेरो हरेक चाहनामा केवल तिम्रो आश
राखिरहन्छ्यौ मलाई सधैँ तिम्रै मनमा बास

(५)
तिम्रो प्रार्थनामा मलाई सधैँ वरदान
ममता छल्काइरहने प्यारो तिम्रो धड्कन
उभिरहन्छिन वृक्ष भई जाडो, गर्मी, वर्षामा
मुस्काइरहन्छिन मेरो आनन्द, सुख, हर्षमा

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *