Skip to content

भो चाहिँदैन कुर्सी


भो मलाई चाहिँदैन कुर्सी
त्यसले मलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरु बिर्साएर
मलाई मात्र सुखै सुखमा भुलाउँछ भने

जो जो बस्छन् त्यसमा
फननन घुम्छन् शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर

भो मलाई चाहिँदैन कुर्सी
त्यसले मलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने

कोही बसे कोही बसीरहेछन् त्यस्मा
मनपरि गर्दै आएका छन् देशमा
भरी दुनो आफ्नो सोझ्याएर
खाली दुनो अर्काको घोप्ट्याएर

भो मलाई चाहिँदैन कुर्सी
त्यसले मलाई बिदेशै मात्र घुमाउँछ भने
बिकट अवहेलित देशको कुनाहरु
मदेखि कहाँ हो कहाँ पर हराउँछ भने

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *