कोरोना चाहिरहेछ
सताउन
दु:ख दिन
र ज्यान लिन
नयाँ साल चाहन्छ
हसाउन
खुसीयाली दिन
र अरू एकसाल थप्न
कोरोना चाहदैन
भिँडभाड
चाडबाड
धार्मिकसभा
राजनैतिक सभा
सङ्क्रमण गरिहाल्छ
नजिकै रमाउनेहरुलाई
नयाँ साल चाहदैन
एक्लोपन
एक आपसको दूरी
चौबीस व्यञ्जनको कमि
बिना नाचगानको माहौल
नसजाइएका गाउँघर र शहर
नगुञ्जिएका नयाँसालका
अनगिन्ती शुभकामनाहरू
कोरोनाको
डरत्रास
र खप्नै नसकिने
बिरामीको आहटको
यो संसारमा
यस विश्वभरिको मानवलाई
सुख, सुस्वास्थ्य र दीर्घायुको
शुभ कामना दिँदै
आयो नयाँ साल
सगरमाथाको छानो भएको
सुन्दर सानो
नेपाल देशमा ।
– राकेश कार्की
लस एञ्जेलस
