Skip to content


शायद समयलाई गर्न सकेन काबु
एक्लै टहल्लिरहेथ्यो मनोज बाबु
झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो
दु:खेसो साथीको आँखामा पढियो

“ए मनोज के भो तँलाई यस्तो
शुन्यमा एक्लै झर्या तारा जस्तो”
“लाजै लाग्छ यार, के भनुँ तँलाई
धोका दिई बिन्दुले डिभोर्स गरि मलाई”

के भनुँ के भनुँ म छक्क परेँ
दु:खी साथीतिरै छाँगाबाट झरेँ
दुनियाँ हँसाउने यो के भयो
मनोजेको आँखा रसाउदै गयो

बाहिर राम्रै देखिन्थ्यो मिलेझैँ जोडी
चित्त किन बुझेन चट्ट गइन् छोडी
उनी पनि बिचारकी धनि नै थिईन
के कारण यस्तो निठूरी निर्णय लिईन

मेरो सहानुभुति मात्रले के नै होला र
चिरिएको छातीलाई के गरी छोला र
विहेको दिन हरे कति खुशी थियो
निराश छ खुशी सबै कस्लाई दियो

खिस्स हाँसेर मलाई हेरिरहन्छ
घरीघरी उस्को आँखामा आँशु झरिरहन्छ
कसोरी भनुँ छोड्दे मनोजे जिन्दगी यस्तै हो
समाधान नै नभेटिने समस्या कस्तो यो ।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *