Skip to content


आज मैले भूत देखेँ
जिउँदो मान्छे मृत देखेँ
चिता बल्छन् बिना चिहान
अँध्यारो भित्र छैन विहान

भूतका पनि कति मान्छे
भूतिनी पनि उतै जान्छे
डर धम्की त्रासले होला
बालक ववुरो कोहला कोहला

भूतलाई साह्रै खानु पर्ने
मोज मस्ती नै गर्नु पर्ने
अनुहार हेर्दा मानिस जस्तो
भूतै त हो व्यवहार कस्तो

भूत भूत पनि लड्ने
जिते भनी गौरव गर्ने
भूत मरे के पो होला
जे होला नयाँ चोला

आज मैले भूत देखेँ
बुद्धि विवेक मृत देखेँ
टपक्क टिपी भूतले लाने
मिति नपुगी मनुवा मार्ने ।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *